6 years ago
August 16, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्ना स्टार खेलाडी नेयमारलाई टोलीबाट हटाइसकेको हल्लालाई अस्वीकार गरेको छ । पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनाद्रोले नेयमार खेल्न तयार हुनुअघि सबै टुंगिने बताएका छन् ।
पछिल्लो केहि समययता नेयमारले पिएसजी छाड्न चाहेको र केहि क्लबले प्रस्ताव पनि राखिएका छन् । हालै मात्र बार्सिलोना र रियल म्याड्रिड दुवैको प्रस्तावलाई पिएसजीले अस्वीकार गरेको थियो । नेयमारले पिएसजी छाड्न चाहेको भन्ने प्रष्ट रहेको र उनले स्पेन फर्कनका लागि हर सम्भव प्रयास गरेको पनि लियोनार्दोले बताएका छन् ।
हालै मात्र एक रिर्पोटमा उनको व्यहारका कारण टोलीले उनलाई पहिलो रोजाईको टोलीबाट हटाएको र रिजर्भ टोलीसँग अभ्यास गर्न लगाएको उल्लेख गरिएको थियो । तर, त्यो भनाईलाई स्पोर्टिङ निर्देशकले अस्वीकार गरेका छन् ।
‘त्यसमा कुनै सत्यता छैन । टोली समूहबाट अलग पारिएका छैनन् । उनलाई व्यक्तिगत रुपमा पुर्नस्थापना कार्यक्रममा राखिएको हो । उनी पिएसजीका खेलाडी हुन्,’ लियोनार्दोले भने, ‘हामीबीच अझै तीन वर्षको सम्झौता छ । हामीले त्यसलाई बिर्सन हुँदैन । हामीले सबै विषयको विश्लेषण गर्नुपर्छ । उनी खेल्न सक्नुअघि नै हामीले सबै विषय टुंगाउनुपर्दछ ।’
‘विषयहरु सामान्य रहेको लियोनार्दोले प्रष्ट पारेका छन् । सिजनको सरुवातबाट नेयमारलाई उत्कृष्ट डक्टर र सर्जनहरुले हेरिरहेका छन् ‘, उनले भने, ‘अब उनी पूर्ण रुपमा चोटमुक्त भएका छन् ।’ सेप्टेम्बर २ सम्म ट्रान्फर विन्डो खुला रहेकोले अझै पनि नेयमार बेचिने सम्भावना छ । तर, अहिले सम्म पनि कुनै औपचारिक सहमति भने नभएको लियोनार्दोले प्रष्ट पारेका छन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]