6 years ago
August 15, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) नगएको भए ब्राजिलियन सुपर स्टार नेयमारले क्रिस्टियानो रोनाल्डो र लियोन मेस्सी पछि स्वत बालोन डी’ ओर जितिसक्ने टोटेनहमका पूर्व प्रशिक्षक आन्द्रे भिलास बाओसले बताएका छन् ।
नेयमार दुई वर्षअघि बार्सिलोनाबाट पिएसजी पुगेका थिए । बार्सिलोनामा रहँदा मेस्सीको छायाँमा पर्ने भएका कारण नेयमारले पिएसजी जाने निर्णय लिएको बताइएको थियो । यत मेस्सीले भने बार्सिलोनामा पहिला जस्तै स्तरीय प्रदर्शनलाइ निरन्तरता दिदै आएका छन् । मात्र दुई वर्षपछि नेयमार फेरि बार्सिलोना फर्कने चर्चा चलेको छ ।
भिलास बाओसको नजरमा नेयमार रोनाल्डो र मेस्सी जत्तिकै क्षमतावान खेलाडी हुन् । यदि उनी अहिले बार्सिलोनामा रहेको अवस्था हुन्थ्यो भने नेयमारले बालोन डी’ ओर जितिसक्ने भिलास बाओसको विश्वास छ ।
भिलास बाओसले भने ‘उनी विश्व फुटबलका महत्वपूर्ण खेलाडी हुन् । मेरा लागि उनी रोनाल्डो र मेस्सीपछिका बालोन डी ओरका हकदार नेयमार हुन् ।’ तर, उनले बार्सिलोनाकै जस्तो स्तरीयतालाई निरन्तरता दिन नसकेको पूर्व प्रशिक्षकको बुझाई छ ।
‘नेयमारले छाड्ने समाचार लिग १ का लागि राम्रो होइन । फुटबलका लागि उनी महत्वपूर्ण खेलाडी हुन् । जसरी पेरिसमा हुँदा रोनाल्डिन्हो महत्वपूर्ण थिए,’ उनले भने,’ त्यस्ता खेलाडीसँग एकखालको आकर्षण हुन्छ । तर, मलाई थाहा छैन के हुन्छ । उनले पेरिस छाड्ने विषयमा बोल्न म पिएसजीको प्रशिक्षक होइन । ‘
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]