6 years ago
August 15, 2019
एजेन्सी – युभेन्टसमा भविष्य अनिश्चित जस्तै रहेको अर्जेन्टाइन पाउलो डिब्यालाले मैत्रीपुर्ण खेलमा दुई गोल गर्दै क्लबमै रहने संकेत दिएको छ ।
टुरिन नजिकै रहेको फ्यामिली फ्रेन्डली अन्तर्गत युभेन्टस ‘बी’ लाई युभेन्टस ‘ए’ ले ३–१ ले पराजित गरेको हो ।
यो खेलमा स्टार फरवार्ड रोनाल्डोलाई विश्राम लिएका थिए । डिबालाले पाएको मौकालाई सदुपयोग गरे । प्रशिक्षक मौरिसियो सार्रीले यसअघि डिबालालाई आफ्नो रोजाईमा नराखेपछि इकार्डीलाई अनुबन्ध गर्ने प्रयासमा रहेको बुझिएको थियो । तर डिबालाले युभेन्टसमै रहने बताएपछि क्लबले उनलाई प्रयोग गरेको हो ।
युभेन्टसले सिरी ‘ए’ शुरु हुनुअघि तयारी स्वरुप मैत्रीपुर्ण खेल खेलेको हो । युभेन्टसले २४ अक्टोबरमा पार्मासँग खेल्दै सिरी ‘ए’ शुरुवात गर्दैछ ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]