6 years ago
August 14, 2019
एजेन्सी – पछिल्लो एक साता ब्राजिली स्टार फरवार्ड नेयमारको सरुवा बजारको सरगर्मी छ । इंग्ल्यान्डमा ट्रान्सफरको समय सकिएपनि स्पेन र फ्रान्समा अझै समय रहेकाले पछिल्लो एक साता नेयमारको सरुवाले बजार गर्माएको हो ।
विश्व कीर्तिमानी नेयमार जसरी पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने मनस्थितिमा रहँदा पीएसजीले पनि उचित मुल्य पाए नेयमारलाई बेच्ने मनस्थितिमा छ । अहिले नेयमार र क्लबबीच राम्रो सम्वन्ध छैन । त्यसैले पनि पीएसजीका निर्देशक लियोनार्दाेले लिग वानको पहिलो खेलमा नेयमारलाई टिममै राखेनन् । लिग वानको पहिलो खेलमा निम्सविरुद्ध सहज जित निकालेको खेलमा समर्थकहरुले पनि ‘नेयमार आउट’ भन्ने नारा गुन्जाउदै स्टेडियम भर ब्यानर पम्पप्लेट राखेका थिए । पछिल्लो घट्ना क्रममा पीएसजीले नेयमारको जर्सी पनि बेच्न रोक लगाएको छ ।
पछिल्लो एक साता नेयमारलाई अनुबन्ध गर्न स्पेनका दुई ठुला क्लब क्याटलान बार्सिलोना र स्पेनिस महारथी रियल म्याड्रिबीच प्रतिस्पर्धा बढेको छ । अब नेयमार कता ? नोउ क्याम्प ? सान्टियागो बर्नबेउ कि पेरिस मै ?
बार्सिलोनाका खेल निर्देशक इरिक एबिडाल, उनका सहायक जेभियर बोर्डास र एन्ड्री करी नेयमारलाई क्लबमा अनुबन्ध प्रयाससहित मंगलबार पेरिस भ्रमण गरेपनि त्यसले सार्थकता पाएको छैन । बार्सिलोनाले ७४ मिलियन पाउन्ड र फिलिपे कौटिन्हो दिने शर्त राखेपनि पीएसजीले त्यसलाई अस्वीकार गरिदियो । बार्सिलोनाले अर्का खेलाडी इभान राकिटिक पनि दिने शर्त अघि सार्ने बुझिएको छ । तर, फ्रेन्च लिग च्याम्पियन यसबाट पनि सन्तुष्ट हुन नसकेको बुझिएको छ ।
पीएसजीले नेयमारका लागि कम्तीमा पनि २०६ मिलियन पाउन्ड हुनुपर्ने शर्त राखेको छ । जसमा नेयमारको ९३ मिलियन पाउन्डका साथै कौटिन्हो, राकिटिक र नेल्सन सेमिडो हुनुपर्ने शर्त अघि सारेको छ । तर, बार्सिलोना पीएसजीको यो शर्त मान्ने पक्षमा छैन । यता, रियल म्याड्रिडले पनि नेयमार अनुबन्ध गर्न उचित समय पर्खिरहेको छ ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]