default_image

9 years ago

June 1, 2016

एन्फाका बर्खास्त पदाधिकारी आज पुर्नबहाली हुँदै

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फिफाको निर्देशन मान्न बाध्य अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत बर्ष बर्खास्त गरेका तीन पदाधिकारी र एक उपाध्यक्षलाई आज पुर्नबहाली गर्दैछ ।
लगातार तीन बैठकमा अनुपस्थित भएको कारण देखाउँदै गत बर्ष असोज ११ गते कार्यसमितिको बैठकबाट बर्खास्त गरेको एन्फा गत महिना फिफाको निर्देशनपछि निर्णय उल्टाउन बाध्य भएको हो । एन्फा कार्यसमितिको आज २ बजे बस्ने बैठकले तीन उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, किशोर राई, विजय नारायण मानन्धर र सदस्य पंकज नेम्बाङलाई पुर्नबहाली गर्ने एन्फा श्रोतले बताएको छ ।

karma tshering

कर्मा छिरिङ शेर्पा

असोज ११ कै बैठकले उनीहरुको ठाँउमा मनोनय गरेका उपाध्यक्ष सन्तोष बानियाँ, विरबहादुर खड्का र मणी कुँवर तथा सदस्य अरुणमान जोशीले भने राजीनामा दिनेछन् । एन्फाको आजको बैठकले बानियाँलाई मानार्थ उपाध्यक्ष र खड्का र कुवरलाई पुरानै जिम्मेवारी दिने सम्भावना छ । उनीहरु दुई जना यसअघि सह महासचिवको जिम्मेवारीमा मनोनित भएका थिए ।
फिफाको निर्णय अटेर गर्दा नर्मलाइजेसन कमिटी बन्ने सम्भावना भएकोले पनि एन्फा आफ्नो निर्णय उल्टाउन तयार भएको हो । फिफाको निर्देशनपछि कार्यवहाक अध्यक्षलगायत पदाधिकारी एन्फाका प्रतिबन्धित अध्यक्ष गणेश थापासँग सल्लाह लिन पुगेका थिए । फिफालाई अटेर गरेर जाने अवस्था नभएपछि उनले पनि पुर्नवहालीको लागि सहमति जनाएपछि अहिलेको संस्थापन पक्षलाई निर्णय उल्टाउन बाटो खुलेको हो । प्रत्यक्ष रुपमा थापा फुटबलमा संलग्न नभएपनि अहिले पनि उनकै निर्र्देशनमा एन्फा चल्ने गरेको एन्फा भित्रै मसिनो गरि सुनिदै आएको छ । थापाले आफ्नै कार्यकालमा तीन पदाधिकारी र सदस्यलाई बर्खास्त गरेका थिए ।
फिफाले वैशाख २७ गते तीन उपाध्यक्ष र सदस्यलाई जेठ १० गते भित्र पुर्नबहाली गरि सक्ने निर्देशन दिएको थियो । तर, पछि एन्फाले कार्यसमितिको बैठकबाट निर्देशन पालन गर्ने समय मागेपछि फिफाले त्यसमा सहमति जनाएको थियो ।
फिफाले वैशाख २७ र त्यसपछि पनि एन्फालाई दुई बर्षदेखि रोकिएको साधारण सभा छिटो गर्न र त्यसबाट एन्फा अध्यक्षको निर्वाचन गर्न दबाब दिदै आएको छ । यद्दपी थापाले आफुले एन्फा अध्यक्षबाट राजीनामा दिइनसकेकाले त्यसमा निर्वाचन गर्न अहिलेको संस्थापन पक्षलाई अप्ठेरो परेको छ । तर, पनि फिफाले दिएको पुर्नबहालीको निर्णय मान्ने एन्फा अध्यक्ष निर्वाचनको निर्देशन नमान्न एन्फालाई नैतिक संकट परेको छ । फिफाको निर्देशन कार्यान्वयन गर्नुपर्ने भएकाले पुर्नबहालीपछि बस्ने बैठकले साधारण सभाको मिति तय गर्ने सम्भावना पनि त्यत्तिकै छ ।
पुर्नबहालीपछि एउटा चरणको आन्दोलनको अन्त्य भएको शर्पाले बताएका छन् । पुर्नबहाली अघि शेर्पाले भने, ‘हामीले सुरुआतबाट पुर्नबहाली हुनुपर्ने माग राखेका थियौं । आज कार्यान्वयनको घडी आएको छ । अब नयाँ ढंगबाट अघि बढ्नुपर्छ । सबैले मिलेर जानुपर्छ । पुराना कुरामा अल्झेर फुटबलका विकास हुन्न ।’
फिफाको अपिल कमिटीले एन्फा अध्यक्ष गणेश थापाको अपिल पूर्ण रुपमा खारेज गरेपछि नेपाली फुटबलमा नयाँ परिस्थिति सृजना भएको थियो । फिफाको एथिक्स कमिटिले थापालाई भ्रष्टाचार अभियोगमा १० बर्षको प्रतिबन्ध र करिब २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो । थापाले त्यसविरुद्धमा अपिल गरेपनि अपिल कमिटीले खारेज गरेपछि उनले कोर्ट अफ आर्बिट्रन फर स्पोर्टस (कास)मा जाने बताउँदै आएका छन् । थापा कास गएनगएको भने अहिले सम्म सार्वजनिक भएको छैन ।

 

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

Success

Thank you for your time.