default_image

6 years ago

August 12, 2019

नेयमारविरुद्ध समर्थकको नाराबाजी

59 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना स्टार फरवार्ड नेयमारविनै आइतबार राति लिग वानको पहिलो खेलमा निम्सविरुद्ध जित निकाल्दै उपाधि रक्षा अभियान शुरु गरेको छ ।

यस्तोमा पीएसजीका समर्थकले पनि निम्सविरुद्ध ३–० को जित निकालेको खेलमा ‘नेयमार आउट’ भन्ने नारा घन्काउँदै स्टेडियमभर ब्यानरहरु प्रदर्शन गरेका थिए । घरेलु मैदानमा निम्सविरुद्धको खेलमा समर्थकहरुले ‘नेयमार क्लब छाडेर जाउ’ जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

क्लबका निर्देशक लियोनार्डाेले नै नेयमारलाई लिग वानको शुरुवाती खेलमा टिममा राखेका थिएनन् । नेयमारले क्लब छाड्ने मनासय बनाइरहँदा क्लबले उनलाई टोलीमै नसमेटेको हो । नेयमार स्पेनिस क्लब बार्सिलोना या रियाल म्याड्रिडमा जाने सम्भावना छ ।

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

Success

Thank you for your time.