6 years ago
August 12, 2019
एजेन्सी – प्रिमियर लिगको प्रशिक्षकका रुपमा फ्रान्क लाम्पार्डको सुरुवात सुखद हुन सकेन । प्रिमियर लिगमा आइतबार लाम्पार्डको चेल्सी म्यानचेस्टर युनाटेडसँग लज्जास्पदक रुपमा पराजित भएको छ ।
गत सिजन उत्कृष्ट प्रदर्शन गर्न नसकेको युनाइटेडले यसपटक सानदार सुरुवात गर्ने क्रममा चेल्सीलाई ४–० ले हरायो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कस रासफोर्डले २, एन्थोनी मार्सियल र डानियल जेम्सले समान १ गोल गरे ।
रासफोर्डले पेनाल्टी गोलमार्फत युनाइटेडलाई अग्रता दिलाएका थिए । मार्सियलले ६५ औं मिनेटमा गोल गरे । त्यसको दुई मिनेटपछि रासफोर्डले अर्को गोल थपे ।
जेम्सले खेल सकिन ९ मिनेट अघि गोल गर्दै युनाइटेडको गोलअन्तरलाई फराकिलो पारे । आइतबार नै आर्सलले न्युक्यासलाई १० ले हरायो भने लेस्टर र उल्भरह्याम्टनले गोलरहित बराबरी खेले ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]