6 years ago
August 11, 2019
एजेन्सी – मर्सिसाइड क्लब लिभरपुल तथा ब्राजिली पहिलो रोजाईका गोलरक्षक एलिसन बेकरले चेल्सी विरुद्धको सुपर कप गुमाउने भएको छ ।
एलिसनले काल्फ इन्ज्युरीका कारण १५ अप्रिलमा इस्तानुबुलमा हुने चेल्सीविरुद्धको खेल गुमाउने भएको हो । एलिसनले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा नर्विच सिटीविरुद्ध ४–१ को प्रभावशाली जित निकालेको खेलको ३९औं मिनेटमा चोट बोकेका थिए । इटालियन क्लब रोमाका २६ वर्षीय पुर्व गोलरक्षक बेकरलाई यसै सिजन लिभरपुल आएका एड्रियनले विस्थापित गरेका थिए ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले उनीमा केही समस्या देखिएको र यो सकरात्मक नरहेको भन्दै चेल्सीविरुद्धको खेलमा उपलब्ध हुन नसक्ने बताएका छन् । प्रशिक्षक क्लोपले एड्रियनले पनि नर्विचविरुद्ध राम्रो प्रदर्शन गरेकाले चेल्सीविरुद्ध उनी तयार रहेको बताएका छन् ।
बेकरले डेब्यु सिजनमै रेड डेभिल्सलाई युइएफए च्याम्पियन्स लिग जिताउन र प्रिमियर लिगमा दोस्रो बनाउन महत्वपुर्ण भुमिका निभाएका थिए । ब्राजिलले कोपा अमेरिका उपाधि जित्दा पनि एलिसनले गोल्डेन ग्लोभ्स जितेका थिए ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]