6 years ago
August 10, 2019
एजेन्सी – विश्व फुटबलका सुपरस्टार नेयमार र उनको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच पछिल्लो समय सुमधुर सम्बन्ध रहेको छैन । नेयमारको व्यवहारले आजित पीएसजी उनलाई उचित प्रस्ताव आएमा छाड्न दिने पक्षमा छ । तर कुनै क्लबले पीएसजीलाई औपचारिक प्रस्ताव अगाडी सारेका छैनन् ।
पीएसजीमा अझैपनि नेयमारको भविष्यबारे निर्णय भएको छैन । खेलाडी र क्लब दुवै पक्ष भविष्यलाई लिएर चिन्तित छन् । बार्सिलोनाले ट्रान्सफर विन्डोको सुरुवातदेखि नेयमारलाई अनुबन्ध गर्ने भनेपनि फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको आगमनसँगै अब नेयमार बार्सिलोना जाने एकदम कम सम्भावना रहेको छ ।
क्रिस्टियानो रोनाल्डोको प्रस्थानपछि उनको उत्तराधिकारीको खोजीमा रहेको रियल म्याड्रिड नेयमारको लागि उचित गन्तव्य हुने देखिन्छ । रियलका लागि मात्र नभएर नेयमार र पीएसजीका लागि यो उचित विकल्प हुन सक्छ । रियलले नेयमारलाई अनुबन्ध गर्न उनको माग पूरा गर्न सक्छ । पीएसजीको माग अनुसारको रकम तिर्न पनि रियल सक्षम छ । नेयमारले यसअघि ला लिगामा आफूलाई सिद्ध गरेका कारण पनि रियललाई थप फाइदा छ ।
बार्सिलोनामा यसअघि लिग, च्याम्पियन्स लिग र कप उपाधि जितिसकेका नेयमारले यस सिजन पीएसजीका लागि खेलेका छैनन् । कोपा अमेरिकामा चोटका कारण खेल्न नसकेका उनले पीएसजीको प्रशिक्षणमा तोकिएको समयभन्दा १ साता ढिला पुगेका थिए । पछिल्लो सिजन नै मैदानबाहिर राम्रो व्यवहार नदेखाएको आरोप लागेको नेयमारलाई यस घटनाले थप समस्या दिएको हो ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]