6 years ago
August 10, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका लागि यसै सिजन क्लब आएका विंगर इडेन हाजार्डले ७ नम्बर जर्सी लगाउने भएका छन् ।
क्लबका दिग्गज खेलाडी राउल गोन्जालेज, क्रिस्टियानो रोनाल्डो लगायतले लगाएको जर्सीको महत्त्व बेग्लै रहेको छ । अघिल्लो सिजन मारियानो डियाजले ७ नम्बर लगाएका थिए । हाजार्डको आगमनसँगै मारियानोले अब २४ नम्बर लगाउने भएका छन् । यद्यपि उनले क्लब छाड्ने सम्भावना पनि रहेको छ ।
कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजले पनि जर्सी नम्बर पाएका छन् । लोनमा बायर्न जानुअघि १० नम्बर लगाउने गरेका हामेसले रियालमा १६ नम्बर जर्सी लगाउनेछन् । नयाँ खेलाडीहरुमा एडर मिलिसाओले ३, फर्लान्ड मेन्डीले २३, लुका जोभिचले १८ तथा रोड्रीगोले २७ नम्बर जर्सी लगाउनेछन् । वैकल्पिक गोलरक्षक आन्द्रे लुनिनले २५ नम्बर पाए ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]