6 years ago
August 9, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा तल्लो श्रेणीको जर्मन क्लब रोताक एगर्नलाई २३-० ले पराजित गरेको छ ।
बायर्नको जितमा ५ खेलाडीले ह्याट्रिक पूरा गरे । मिडफिल्डर कोरेन्टिन टोलिसोले सर्वाधिक ४ गोल गर्दा बायर्नका १० खेलाडी गोल गर्न सफल भए । एक गोल भने आत्मघाती गोल भएको थियो । बायर्नले खेलको छैटौं मिनेटमा रेनाटो सान्चेसको गोलमा अग्रता लिएको थियो । त्यसको एक मिनेटमा नै लिओन जुआकुले अग्रता दोब्बर पारे ।
रोबर्ट लेवानडोस्कीले नवौं मिनेटमा स्कोर ३-० बनाए । लेवानडोस्कीले त्यसपछि १६ औं र २९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । रेनाटो सान्चेसले २० औं तथा सर्ज गनाब्रीले ३४ औं मिनेटमा गोल गरे । टोलिसोले ३८ औं मिनेटदेखि ४२ औं मिनेटसम्म १-१ मिनेटको अन्तरमा ४ गोल गर्दै बायर्नलाई पहिलो हाफमा ११-० को अग्रता दिलाए ।
दोस्रो हाफमा थोमस मुलरले ४९ औं मिनेटमा गोल गरे । त्यसपछि क्वासी ओकेरे र सर्प्रित सिंहले ५५ औं र ५९ औं मिनेटमा गोल गरे । ६१ औं मिनेटमा मिलर तथा गोरेट्जकाले ४ मिनेटको अन्तरमा २ गोल गरेपछि स्कोर १७-० पुग्यो । ७३ औं मिनेटमा लार्स दिट्रिकले आत्मघाती गोल गरे भए ओकेरेले ७६ औं मिनेटमा स्कोर १९-० बनाए ।
गोरेट्जकाले ७९ औं मिनेटमा ह्याट्रिक पुरा गर्दा ८१ औं मिनेटमा एलेक्जेन्डर नोलेन्बर्गरले खाता खोले । ओकेरेले ८२ औं तथा मुलरले ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । गत सिजन यसै टोलीविरुद्ध बायर्नले मैत्रीपूर्ण खेलमा २०-२ को जित निकालेको थियो ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]