9 years ago
May 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली लाओसबाट भोली (मंगलबार) स्वदेश फर्केने छ । टोली भोली थाइ एयरबाट दिउँस त्रिभुवन विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबलल संघ (एन्फा)का प्रवक्ता समेत रहेको इन्द्रमान तुलाधारले जानकारी दिए ।
नेपाली टोलीले शनिबार आइतबार साँझ लाओसको राष्ट्रिय टोलीसँग १–१ को बराबरी खेलेको थियो । दोस्रो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा आफुभन्दा फिफा वरियतामा माथि रहेको टोलीलाई हराउने मौका नेपालले गुमाएको थियो । फिफा वरियतामा नेपाल १ सय ८० औं र लाओस त्यो भन्दा चार स्थानमाथि १ सय ७६ औं स्थानमा छ । आफुभन्दा माथिल्लो वरियताको टोलीसँग बराबरी खेलेको नेपालले अर्को महिनाको फिफा वरियतामा सुधार गर्ने सम्भावना भने बढेको छ ।
७७ औं मिनेटमा मिडफिल्डर विशाल राईले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि नेपालले अग्रता लिएको थियो । तर, त्यसलाई नेपालले दुई मिनेटपछि जोगाउन सकेन । ७९ औं मिनेटमा कर्नरबाट आएको बलमा घरेलु टोली बराबरी गोल फर्काएको थियो । छ महिनापछि राष्ट्रिय टोलीमा पुनरागमन गरेको अनिल गुरुङ कप्तानीमा २० सदस्यीय टोलीको घोषणा भएपनि लाओसविरुद्धको पहिलो रोजाइमा भने उनी परेनन् । लाओसविरुद्धको खेलमा बंगबन्धु गोल्डकप र १२ औं दक्षिण एसिायली खेलकुदमा स्वर्ण जित्दाका कप्तान विराज महर्जनले नै नेतृत्व सम्हालेका थिए ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]