6 years ago
August 8, 2019
एजेन्सी – इंग्ल्यान्डको ट्रान्सफर विन्डो सकिने अघिल्लो दिन इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी र इटालियन च्याम्पियन युभेन्टसले डिफेन्डर साटासाट गरेका छन् ।
सिटीका ब्राजिलियन डिफेन्डर ड्यानीलो युभेन्ट्स जाँदा युभेन्ट्सबाट पोर्चुगिज डिफेन्डर जोआओ क्यान्सेलो सिटी आएका हुन् । यसवापत सिटीले युभेन्टसलाई २८ मिलियन युरो थप उपलब्ध गराउनेछ । सिटीले राइट ब्याक पोजिसनमा काइल वाल्करलाई चुनौती दिन सक्ने साथसाथै वाल्करले सेन्टर डिफेन्डरको भूमिका समेत निर्वाह गर्नसक्ने हुँदा क्यासेलोलाई विकल्पका रुपमा भित्र्याएको हो ।
ड्यानीलोले युभेन्टससँग सन् २०२४ सम्मका लागि सम्झौता गरेका छन् । उनले दायाँ र बायाँ दुवैतर्फ खेल्न सक्ने हुनाले पनि युभेन्टसले उनलाई लामो समयदेखि पछ्याएको थियो । सिटीमा उनले अपेक्षित अवसर पाउन सकेका थिएनन् । स्पेनिस क्लब रियलबाट सिटी पुगेका उनले त्यसअघि पोर्टोबाट खेलेका थिए ।
क्यान्सेलोले सन् २०२५ सम्म सम्झौता गरेका छन् । गुआर्डीओलाले च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित गत सिजनको टोलीमा थप सुधार गरेका छन् । भिन्सेन्ट कम्पनीको प्रस्थानसँगै सिटीले डिफेन्सलाई बलियो पार्न प्रयास गरिरहेको छ ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]