6 years ago
August 8, 2019
एजेन्सी – इडेन हाजार्डको उत्कृष्ट गोलसँगै स्पेनिस क्लब रियल म्याड्रिडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा जर्मन क्लब आरबी लाइप्जिगलाई १-० ले पराजित गरेको छ ।
यसै सिजन चेल्सी छाडेर रियल पुगेका हाजार्डले खेलको १९ अौं मिनेटमा गोल गरेका थिए । काउन्टर अट्याकमा उनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । रियल आएयता बढी तौल भएको भन्दै आलोचना खेपिरहेका हाजार्डले मैदानमा भने लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।
प्रशिक्षक जिदानले हाजार्डको आगमनसँगै टोलीका अर्का फरवार्ड ग्यारेथ बेललाई भने आफ्नो टोलीमा राखेका छैनन् । क्लब व्यवस्थापनले उनलाई कुनै हालतमा क्लब छाड्न नदिने बताइरहँदा जिदानले भने उनलाई आफ्नो योजनमा नरहेको प्रष्ट पारेका छन् । यस्तै लाइप्जिगसँग हामेस रोड्रीग्वेजले पनि खेलेका थिएनन् ।
Classic Hazard goal 🔥pic.twitter.com/fpwo6hq4F3
— E. Hazard Tweets (@EHazardTweets) August 7, 2019
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]