default_image

6 years ago

August 6, 2019

रुनी दोहोरो भूमिकामा इंग्ल्यान्ड फर्कने सम्भावना!

57 views

0 Bookmark

एजेन्सी – वायने रुनी अमेरिका छाडेर इङ्लिस फुटबलमा फर्कने सम्भावना बढेको छ । डर्बी काउन्टीमा उनी खेलाडी र प्रशिक्षक दुवै भूमिकामा फर्कने सम्भावना रहेको बताइएको छ ।

Rooney chicago

३ वर्षको सम्झौतासहित मजर लिग सकर टोली डिसी युनाइटेडमा आबद्ध भएका रुनी १३ महिना पछि नै नयाँ भूमिकाका साथ स्वदेश फर्कने अनुमान गरिएको छ । सोमबार राती उनी अमेरिकाबाट इङ्ल्यान्ड फर्केपछि सम्भवत उनको नयाँ सम्झौताका बारेमा आजै टुंगो लाग्न सक्ने बताइएको छ ।

अमेरिकामा पनि राम्रो छाप छाड्न सफल भएका रुनी खेल जीवन पछि प्रशिक्षकका रुपमा फुटबलमा सक्रिय रहने योजना बनाउँदै आएका छन् । डिसी युनाइटेडसँगको उनको सम्झौता अर्को वर्षसम्म बाँकी नै छ । तर, डर्बीसँगको प्रारम्भिक छलफलपछि उनी नयाँ भूमिकाका साथ फर्कन सक्ने विश्वास गरिएको छ ।

उनलाई जनवरीमा मात्र फर्कने सल्लाह पनि दिइएको बताइएको छ । तर उनी डिसीसँगको सम्झौतालाई अन्त्य गर्दै अहिले नै आबद्ध हुन सक्नेछन् । फ्रान्क लाम्पार्डकै जस्तो ३३ वर्षे रुनीले पनि डर्बीमा मौका पाउने सम्भावना छ । लाम्पार्डको प्रशिक्षणमा डर्बीले पछिल्लो सिजन च्याम्पियन्ससिप प्ले अफ खेलेको थियो ।

हडर्सफिल्डलाई २–१ ले हराउँदै डर्बीले यो सिजन सुखद सुरुवात गरेको छ । खेलपछि डर्बीका प्रशिक्षक फिलिप कोकुलाई सोधिएको प्रश्नमा उनको जवाफ थियो, ‘यति बेला यो विषयमा म केहि भन्न सक्दिन । हामीले एउटा टोलीका रुपमा काम गर्ने प्रयास गरेका छौं । यद्दपी यो पुरा भएको छैन ।’

बार्सिलोनाका पूर्व खेलाडी काकुले भने, ‘हामीले टोलीमा अझै केहि गर्न चाहेका छौं । तर जब सम्म केहि टुंगो लाग्दैन केहि भन्न सकिन्न । अझै केहि दिन बाँकी छ । केहि पक्कै होला ।’

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

Success

Thank you for your time.