default_image

6 years ago

August 6, 2019

रोनाल्डोले खोले ‘सी’ सेलेब्रेसनको राज

80 views

0 Bookmark

एजेन्सी – युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो प्रख्यात ‘सी’ सेलेब्रेसनको बारेमा खुलासा गरेका छन् । उनले पहिलो पटक उक्त सेलेब्रेसन चेल्सीविरुद्ध सुरु गरेको पनि बताए ।

३४ वर्षीय फरवार्ड रोनाल्डोले अमेरिका टुरमा रहेको खेलमा उक्त सेलेब्रेसन गरेका थिए । ‘हामी अमेरिकामा थियौं र चेस्लीविरुद्ध खेल्दा मैले सेलेब्रेसन गरें । मैले किन गरें थाहा छैन, आफैं त्यस्तो भयो । त्यो एकदम प्राकृतिक रुपमा आएको थियो,’ उनले थपे, ‘ त्यसपछि मैले जहाँ पुगेपनि समर्थकले ‘सी’ ‘सी’ गर्दै भन्न थाले । मैले एक पटकको सेलेब्रेसनमा नै समर्थकहरुले मन पराएको थाहा पाएँ ।’

रोनाल्डोले सन् २०१५ को ब्यालोन डी’ओर उपाधि जितेपछि पनि उक्त सेलेब्रेसन गरेका थिए । उनले रियलका खेलाडीहरुले आफूले गोल गर्दा उक्त सेलेब्रेसन गर्ने गरेको थाहा रहेको जानकारी दिए । ‘रियालमा रहँदा हामी गोल गरेपछि यो सेलेब्रेसन गर्ने गरेका थियौं । स्पेनिसमा ‘सी’ भन्नले सफल भयौं भन्ने बुझिन्छ,’ उनले थपे ।

रोनाल्डो अब युभेन्टससँग रहेर नयाँ सिजनको पर्खाइमा छन् । गत सिजन घरेलु लिग र कप उपाधिमा सिमित युभेन्टसले यस सिजन च्याम्पियन्स लिगमा विशेष प्राथमिकता दिने योजना बनाएको छ ।

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

Success

Thank you for your time.