6 years ago
August 6, 2019
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ बुधबार जापान प्रस्थान गर्ने भएका छन् । जापानको तेस्रो श्रेणी क्लब फुजिएदा माएफुसीमा प्रशिक्षणका साथै एनपीओ रियलको हिरो टु हिरो प्रोजेक्टको कार्यक्रममा सरिक हुन किरण त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
किरणले फुजिएदामा रहेर झन्डै ३ साता प्रशिक्षण गर्नेछन् । उनी नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका फरवार्ड सन्तोष साहुखलको समन्वयमा प्रशिक्षणमा सहभागी हुन लागेका हुन् । किरणको प्रशिक्षण राम्रो भएको खण्डमा अर्को सिजनका लागि उनलाई त्यहीं रहेर खेल्ने मौकाको पनि सम्भावना रहेको छ । सन्तोषले जापानी एनजीओ एनपीओ रियल वर्ल्डसँग सहकार्य गर्दै किरणलाई प्रशिक्षणको व्यवस्था मिलाएका हुन् ।
किरणले जापानमा रहेको समयमा गत महिना मात्र नेपालमा सुरु भएको ‘हिरो टु हिरो’ प्रोजेक्टका कार्यक्रममा पनि सहभागिता जनाउने छन् । जापानी संस्था एनपीओ रियल वर्ल्डले नेपाली फुटबलको विकासमा निम्नस्तरबाट कदम चाल्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरेको हो । एनपीओकी रियल वर्ल्डकी अध्यक्ष आया मियोशीले किरणले जापान बसाइका क्रममा विभिन्न कार्यक्रममा सहभागी भएर नेपाली फुटबलबारे जापानमा रहेका विभिन्न संस्थालाई जानकारी दिनेछन् ।
किरणले जापानी क्लबमा नियमित प्रशिक्षण गर्न उत्साहित रहेको बताए । ‘ जापानको फुटबल निकै माथिल्लो स्तरको छ । मैले त्यहाँ रहेर धेरै कुरा सिक्ने अपेक्षा गरेको छु । जापानी फुटबल एसियाकै उत्कृष्टमध्यमा पर्छ र हामीले अब विश्वकपमा एसियाका ठूला राष्ट्रसँग खेल्नुपर्छ । त्यहाँको प्रशिक्षणले पनि मलाई सहयोग पुग्नेछ,’ किरणले भने । किरण अगष्टको अन्त्यतिर नेपाल फर्कनेछन् ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]