6 years ago
August 5, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालालाई अनुबन्धन नगर्ने निर्णय गरेको छ ।
युभेन्टसका फरवार्ड डिबालाले सोचेभन्दा धेरै तलबको माग गरेपछि युनाइटेड पछाडि हटेको हो । युनाइटेड र युभेन्टसबीच डिबाला र रोमेलु लुकाकु साटासाट गर्ने प्रारम्भिक सम्झौता भएपछि दुवै क्लबले खेलाडीसँग छलफल सुरु गरेका थिए । युभेन्टस र लुकाकुको छलफल सकारात्मक भएपनि डिबाला र युनाइटेडको छलफलले टुंगो लिन सकेन । विगत केहि दिनयता छलफलमा रहेका दुवै पक्ष डिबालाको तलबमा भने अड्किए ।
डिबालाले युनाइटेड आउन नचाहेको भन्दै अत्यधिक तलबको माग गरेको युनाइटेड स्रोतले इंग्लिस संचारमध्यमलाई जनाएका छन् । युनाइटेडले क्लबसँग मौखिक सम्झौता गरेपनि खेलाडीसँग छलफल सफल नहुँदा प्रस्ताव स्वीकार गर्न नसकेको युभेन्टसलाई जानकारी दिएको छ । डिबालालाई क्रिस्टियानो रोनाल्डोले पनि म्यानचेस्टर युनाइटेड जाने सुझाव दिएका थिए ।
युनाइटेडले यसअघि लुकाकुका लागि जुलाईमा इन्टर मिलानले गरेको ६० मिलियन युरोको प्रस्ताव नकारेको थियो । युभेन्टससँग सम्झौता हुन नसकेपछि अब लुकाकुको भविष्यबारे भने प्रश्न उठेको छ । सन् २०१७ मा ७५ मिलियन पाउण्डमा युनाइटेड आएका उनले गत सिजन १२ लिग गोल गरेका थिए । यता इन्टरले भने लुकाकुलाई क्लबमा भित्र्याउने अन्तिम प्रस्तावको तयारी गरेको छ ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]