6 years ago
August 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको शीर्ष श्रेणी लिग धिवेहि प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा नेपाली फरवार्ड विमल घर्तीमगरले गोल गरेका छन् ।
टिसी स्पोर्ट्सबाट व्यवसायिक फुटबल खेल्दै आएका विमलले शीर्षस्थानमा रहेको डा ग्रान्ड विरुद्ध १-१ को बराबरीमा गोल गरे । पहिलो हाफमा विमलको गोलमा टिसीले अग्रता बनाएको थियो । उनले पेनाल्टी क्षेत्रभित्र पाएको कटब्याक पासलाई गोलमा परिणत गरेका थिए ।
तर दोस्रो हाफको ६० अौं मिनेटमा ग्रान्डेले वबाइडाको पेनाल्टीमा गोल फर्कायो । सिजनको सुरुवातमा एफए सिल्ड उपाधि जितेको टिसीले त्यसयता लिगमा भने अपेक्षित नतिजा हात पार्न सकेको छैन । डिफेन्स कमजोर हुँदा टोलीले लगातार अग्रता जोगाउन चुक्दै आएको छ ।
लिगको ६ खेलमा ९ अंक जोडेको टिसीले १० गोल गर्दै ५ गोल खाएको छ ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]