default_image

6 years ago

August 4, 2019

लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

65 views

0 Bookmark

एजेन्सी – इंग्लिस फुटबल सिजनको पहिलो औपचारिक खेल कम्युनिटी सिल्डको लागि लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन् । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

गत सिजन प्रिमियर लिगको उपाधि जितेको सिटी र दोस्रो स्थानमा रहेको लिभरपुलबीच प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको छ । लिभरपुलका लागि नाथानिएल क्लाइन चोट कारण उपलब्ध छैनन् भने साडियो माने अफ्रिका कप अफ नेसन्सपछि विश्राममा रहेका छन् । उनी टोलीमा रहेपनि पहिलो रोजाइमा भने खेल्ने छैनन् ।

यता सिटीका रियाद माहरेज पनि अफ्रिका कप अफ नेसन्सको उपाधि जितेपछि विश्राममा छन् । डिफेन्डरद्वय एमेरिक लापोर्ट र बेन्जामिन मेन्डी पनि चोटका कारण टोलीमा रहने छैनन् । यसै सिजन क्लबमा आएका मिडफिल्डर रोड्रीले पहिलो रोजाइमा स्थान बनाउने सम्भावना रहेको छ ।

यी दुई टोलीको पछिल्लो भेटमा लिभरपुल सिटीसँग २-१ ले पराजित भएको थियो । अन्त्यमा त्यहि खेलको नतिजा उपाधि छिनोफानोमा निर्णायक बन्न पुग्यो । सिजनको सुरुवात उत्कृष्ट ढंगबाट गर्न दुवै टोली उत्साहित देखिन्छन् ।

February 25, 2025

काठमाडौंमा यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]

February 25, 2025

संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]

February 25, 2025

केपी ओली कपमा‌ आज पनि २ खेल

काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]

Success

Thank you for your time.