6 years ago
August 4, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सजरले मिडफिल्डर पल पोग्बाले कुनै हालतमा क्लब नछाड्ने बताएका छन् ।
फ्रान्सेली मिडफिल्डर पोग्बाले युनाइटेडको अन्तिम प्रि-सिजन खेलमा सहभागिता नजनाएपछि सोधिएको प्रश्नमा उनले पोग्बा युनाइटेडमै रहने पक्का गरेका हुन् । ‘ पोग्बा चोटका कारण नखेलेका हुन् । अघिल्लो दिन प्रशिक्षणमा उनले सामान्य चोट बोकेका थिए । त्यसैले हामीले उनलाई नखेलाउनु उचित ठान्यौं,’ उनले भने ।
पोग्बा युनाइटेडको खेलमा उपलब्ध नभएपछि उनी रियल जाने प्रक्रियामा रहेको हल्ला चलेको थियो । तर सोल्सजरले उनी कुनै हालतमा यस सिजन क्लब छाडेर नजाने स्पष्ट पारे । यद्यपि सोल्सजरले डिफेन्डर ह्यारी मगाएर भने छिट्टै युनाइटेड खेलाडी बन्ने पक्का गरे । उनले केहि कागजी प्रक्रिया पूरा भएपछि उनले क्लबसँग प्रशिक्षण गर्ने बताए ।
प्रि सिजनको अन्तिम खेलमा युनाइटेडले एसी मिलानलाई पेनाल्टीमा ५-४ ले पराजित गरेको हो । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । युनाइटेडका लागि मार्क्स रासफर्ड र जेसे लिंगार्डले गोल गरेका थिए । एसी मिलानका लागि सुसो र सामु कास्टिलेहोले गोल गरे ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]