6 years ago
August 4, 2019
एजेन्सी – लिग च्याम्पियन बायर्न म्युनिखलाई पराजित गर्दै बोरुसिया डर्टमुन्डले जर्मन सुपर कपको उपाधि जितेको छ । डर्टमुन्डको जितमा जेडन सान्चो र पाको अल्कासेरले १-१ गोल गरे ।
डर्टमुन्डले दोस्रो हाफको ४७ औं मिनेटमा अल्कासेरको गोलमा अग्रता लिएको थियो । १९ वर्षीय विंगर सान्चोले उत्कृष्ट मुभ बनाउँदै दिएको पासमा अल्कासेरले गोल गरेका थिए । लगत्तै बायर्नले खेल बराबरीमा ल्याउने अवसर गुमायो । लिओन गोरेट्जकाको प्रहारलाई गोलरक्षक मार्विन हिट्जले विफल पारे । हिट्जले किंग्सले कोमनको हेडरलाई पनि उत्कृष्ट बचाउ गरे ।
सान्चोले ६९ औं मिनेटमा अर्को उत्कृष्ट मुभ बनाउँदै गोल गरेपछि बायर्न खेलमा फर्कन सकेन । गत सिजन जर्मन लिग र कप दुवै उपाधि जितेको बायर्नले सिजनको सुरुवात भने सुखद रुपमा गर्न सकेन । डर्टमुन्ड गत सिजन २ अंकले पछाडी पर्दै लिग उपाधि जित्नबाट बन्चित भएको थियो ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]