6 years ago
August 3, 2019
एजेन्सी – पछिल्लो समय ट्रान्सफर विन्डोमा युभेन्टस फरवार्ड पाउलो डिबाला म्यानचेस्टर युनाइटेड जाने व्यापक हल्ला चलेको छ । युभेन्टसले फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्धन गर्न डिबालालाई युनाइटेड पठाउने प्रस्ताव अगाडि सारेको हो ।
कोपा अमेरिकामा सहभागिता जनाएका कारण ढिलो प्रशिक्षणमा सहभागी भएका युभेन्ट्स फरवार्ड डिबालालाई प्रशिक्षक माउरिजियो सार्रीले आफ्नो पहिलो रोजाइका टोलीसँग प्रशिक्षण गराएका छैनन् ।
प्रशिक्षक सार्रीले लुकाकु आफ्नो योजनामा रहेको खेलाडी भएकाले उनलाई कुनैपनि हालतमा अनुबन्ध गर्न क्लबलाई भनेका छन् । डिबाला भने अहिले नै क्लब छाड्ने पक्षमा छैनन् । यसक्रममा फरवार्ड क्रिस्टियानो रोनाल्डोले डिबालालाई युनाइटेड जाने सल्लाह दिएका छन् ।
रोनाल्डोले डिबालालाई युनाइटेडमा आफुले पनि राम्रो समय बिताएको र युनाइटेडले उनलाई विश्व स्तरीय खेलाडी बन्न सहयोग पुर्याउने बताएका छन् । इंग्लिस फुटबलको प्रख्यात संचार मध्यम डेली मेलका अनुसार रोनाल्डोले युभेन्टसको व्हाट्सयाप ग्रुपमा लेख्दै डिबालालाई युनाइटेड रोज्ने सल्लाह दिएका हुन् ।
रोनाल्डोले पनि आफ्नो करिअरको उडान म्यानचेस्टर युनाइटेडबाट नै सुरु गरेका थिए । पोर्चुगलको सपोर्टिङ लिस्बनबाट युनाइटेड पुगेका उनले ब्यालोन डी’ओर समेत जितेका थिए । त्यसपछि रियल म्याड्रिड पुगेका उनले आफूलाई विश्वकै अब्बल खेलाडीमा स्थापित गरेका थिए ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]