default_image

6 years ago

August 3, 2019

पीएसजीलाई फ्रेन्च सुपर कप उपाधि

83 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सिजनको पहिलो उपाधिको रुपमा फ्रेन्च सुपर कपको उपाधि जितेको छ । पीएसजीले कीर्तिमानी नवौं पटक यो उपाधि जितेको हो ।

शनिबार भएको उपाधि भिडन्तमा पीएसजीले रेन्नेसलाई २-१ ले पराजित गरेको हो । खेलको १३ औं मिनेटमा एड्रीएन हुनोउले रेन्नेसलाई अग्रता दिलाएका थिए । बेन्जामिन बोउरेगाडको पासमा गोल गर्दै हुनोउले साविक विजेतालाई दबाबमा राखेका थिए । गत सिजन फ्रेन्च कपको विजेता रेन्नेसले पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफको ५७ औं मिनेटमा युवा फरवार्ड किलियन एमबाप्पेले बराबरी गोल गरेका थिए । यसै सिजन क्लबमा आएका पाब्लो साराबियाको पासमा एम्बाप्पेए गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एन्जल डी मारियाले ७३ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

पिएसजीका लागि यस खेलमा पनि ब्राजिलियन फरवार्ड नेयमारले उपस्थिति जनाएनन् । कोपा अमेरिकाबाट पनि ढिला प्रशिक्षणमा आएका नेयमारको क्लबसँग राम्रो सम्बन्ध छैन । उनले यस सिजन क्लब छाड्ने हल्ला चलिरहेको छ ।

February 25, 2025

संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]

February 25, 2025

केपी ओली कपमा‌ आज पनि २ खेल

काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

Success

Thank you for your time.