6 years ago
August 3, 2019
एजेन्सी – इंग्ल्यान्डका राष्ट्रिय टोलीका सदस्य एवं लेस्टर सिटीका डिफेन्डर ह्यारी मगाएर विश्व फुटबलका सर्वाधिक महँगा डिफेन्डर बन्ने भएका छन् ।
म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीच मगाएरको ट्रान्सफरका लागि विश्व कीर्तिमानी ८० मिलियन पाउण्ड रकमको सम्झौता भएको हो । २६ वर्षीय डिफेन्डरले केहि दिनमा नै ट्रान्सफरका सम्पूर्ण प्रक्रिया पूरा गर्ने छन् । युनाइटेडका लागि यस सिजनका तेस्रो अनुबन्धनका रुपमा आउने तयारीमा रहेका मगाएर गत वर्ष इंग्ल्यान्डले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दा टोलीको मुख्य डिफेन्डरका रुपमा रहेका थिए । युनाइटेडले यसअघि क्रिस्टल प्यालेसबाट आरोन वान बिसाका र स्वान्सीबाट ड्यानीएल जेम्सलाई भित्र्याइसकेको छ ।
लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले मगाएर युनाइटेड जान अब केहि औपचारिक प्रक्रिया मात्र बाँकी रहेको जानकारी दिए । ‘ दुवै क्लबले ट्रान्सफर रकममा सम्झौता गरिसकेका छन् । उनको अब स्वास्थ्य परिक्षण र व्यक्तिगत केहि माग मात्र पूरा हुन बाँकी रहेको अवस्था छ,’ रोजर्सले थपे, ‘उनी विशेष खेलाडी हुन् र हामीले उनलाई छाड्न चाहेका थिएनौं । युनाइटेडले लगातार प्रस्ताव राख्दापनि मगाएरले क्लबमा नै रहेर सबैलाई सहयोग गरे ।’
सन् २०१७ मा हल सिटीबाट लेस्टर आएका उनले लिगमा ६९ खेल खेले । यस ट्रान्सफरसँगै मगाएर विश्व फुटबलकै सर्वाधिक महँगा डिफेन्डर बन्ने भएका छन् । यसअघि सन् २०१८ मा लिभरपुलले साउथह्याम्पटनबाट भर्जिल भान डाइकलाई ७५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]