default_image

6 years ago

August 3, 2019

नेपालले माल्दिभ्ससँग मैत्रीपूर्ण खेल्न सक्ने !

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप छनोटको पहिलो खेलअघि नेपाली राष्ट्रिय फुटबल टोलीले माल्दिभ्ससँग मैत्रीपूर्ण खेल खेल्ने सम्भावना बढेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व कप छनोटअन्तर्गत कुवेतसँग खेलअघि माल्दिभ्ससँग मैत्रीपूर्ण खेल खेल्नका लागि प्रस्ताव गरेको छ ।

माल्दिभ्स प्रस्ताव प्रति सकारात्मक भएपनि खेल्ने नखेल्ने तय हुन बाँकी रहेको एन्फा श्रोतले बतायो । नेपाल र कुवेतबीच पहिलो लेग भदौ १९ गते हुँदैछ । त्यसको एक साता अघि मैत्रीपूर्ण खेलका लागि एन्फाले प्रयास थालेको हो ।

नेपाल र माल्दिभ्सबीच पछिल्लो पटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा भेट भएको थियो । जहाँ नेपाल टोली पराजित भएको थियो । पछि माल्दिभ्स साफ च्याम्पियन बनेको थियो ।

विश्वकप छनोटको कुवेतसँगको पहिलो खेल नेपालले होममा खेल्नु पर्ने थियो । तर दशरथ रंगशाला तयार भइनसकेको कारण नेपालले होम म्याच पनि कुवेतमै खेल्ने प्रस्ताव गरेको हो । विश्व कप छनोटमा नेपाल, कुवतेसहित जोर्डन, चाइनिज ताइपेइ र अस्ट्रेलिया छन् ।

कुवेतपछि नेपालले चाइनिज ताइपेइसँग भदौं २४ गते खेल्नेछ । ताइपेइसँगको खेल पनि नेपालको पहिला होम नै थियो । तर नेपालले रंगशालाकै कारण पहिला अवे खेल्न प्रस्ताव गरेको हो । जोर्डनसँग असोज २८ गते होममा हुनुपर्ने पर्ने खेल पनि नेपालले पहिला अवे खेल्न प्रस्ताव गरेको छ ।

April 25, 2025

एनएसएलको विजेतालाई ८० लाख

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो। दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ […]

April 24, 2025

१५ औं साफ च्याम्पियनसिप २०२५ नहुने

काठमाडौं (हाम्रो खेलकुद)- पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा नहुने भएको छ। यसअघि जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा‌ हुने तय थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ। साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको […]

April 24, 2025

लिग कम नकआउट गर्ने एन्फाको प्रयास असफल , ४ क्लब मात्रै दर्तामा

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]

Success

Thank you for your time.