5 years ago
October 4, 2019
फुटबल विश्वकै सर्वाधिक लोकप्रिय खेल हो । फुटबलमा खेलसँगै खेल्ने मैदान र त्यहाँ उपस्थित दर्शक संख्याको पनि महत्वपूर्ण हात रहन्छ । स्टेडियमको विकास विना कुनै पनि क्लब र देशले फुटबलमा ठूलो फड्को मार्न सक्दैन ।
अधिकांश ठूला टोलीले हजारौं दर्शक अटाउने रंगशालामा खेलेर नै टिकट रकमबाट क्लब संचालन गर्ने गर्छन् । समर्थक संख्याले खेलाडीको मनोबल पनि बढ्ने हुनाले यसले खेलमा प्रत्यक्ष असर पार्दछ । विश्वमा नाम चलेका क्लब र देशमा आधुनिक शैलीका फुटबल स्टेडियम रहेका छन् ।दर्शक क्षमता, त्यहाँको सुविधा र इतिहासलाई मध्यनजर गर्दै विश्व फुटबलका पाँच उत्कृष्ट फुटबल रंगशाला र छोटो परिचय यस प्रकार छ :
५. एज्टेका – (मेक्सिको)
मेक्सिको शहर एस्टाडियोमा रहेको एक्टेका स्टेडियम उत्कृष्ट स्टेडियम मध्यको एक हो । यस स्टेडियमको क्षमता १ लाख ४ हजार छ । यस मैदान उत्तर अमेरिकाको सर्वाधिक ठुलो रंगशालाको परिचित छ । विश्वकप फुटबल इतिहासमा यस स्टेडियममा मात्रै दुई पटक विश्वकप फाइनल भएको छ । एज्टेका दर्शक क्षमताको आधारमा विश्वको तेस्रो ठूलो स्टेडियममा पर्दछ ।
४. क्याप नाउ (स्पेन)
बार्सिलोनाको घरेलु मैदान क्याप नाउ युरोपको सबैभन्दा ठुलो दर्शक क्षमता रहेको स्टेडियम हो । यस स्टेडियमको क्षमता ९८ हजार ७ सय ५७ रहेको छ । सन् १९८२ को विश्वकप फाइनलमा १ लाख २० हजार क्षमता रहेको थियो । तर पछि स्टेडियममा उभिन नपाइने नियमसँगै दर्शक क्षमता ९८ हजारमा झारिएको छ ।
३.ओल्ड ट्राफर्ड (इंग्ल्यान्ड)
ओल्ड ट्राफर्ड विश्वको उत्कृष्ट स्टेडियम मध्यको एक हो । सन् १९१० देखी सञ्चालनमा आएको यस स्टेडियमको क्षमता ७५ हजार रहेको छ । यो इंग्लिस क्लबको सबैभन्दा ठूलो स्टेडियमका रुपमा परिचित छ । यो म्यानचेस्टर युनाइटेडको घरेलु मैदान पनि हो । फुटबल समर्थक म्यानचेस्टर युनाइटेडको जादुमय खेल हेर्न त्यहाँ पुग्ने गर्दछन् ।
२. एलियान्ज एरिना (जमर्नी)
बायान म्युनिखको घरेलु मैदान एलियान्जको डिजाइनलेनै सबै समर्थक र खेलाडीलाई आर्कषित पार्ने गर्दछ । यो युरोपको एक मात्रै यस्तो स्टेडियम हो जसको बाहिरि आवरणमा सहजै रंग परिवर्तन गर्न मिल्छ । जर्मनीकै उत्कृष्ट मानिने यस स्टेडियममा ७५ हजार समर्थक अट्ने क्षमता रहेको छ ।
१. वेम्बली (इंग्ल्यान्ड)
वेम्ब्ली विश्वफुटबलकै सर्वोत्कृष्ट स्टेडियम मानिन्छ । यस स्टेडियम सन् २००७ देखी पुन सञ्चालनमा आएको हो । आधुनिक डिजाइनबाट बनेको यस रंगशाला विश्वमै प्रसिद्ध छ । यस स्टेडियमको क्षमता ९० हजार रहेको छ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]