6 years ago
August 2, 2019
एजेन्सी – बार्सिलोना तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व सेन्टर ब्याक डानी अल्भेस ब्राजिलियन क्लब साउ पाउलोमा तीन वर्ष वर्ष आबद्ध भएका छन् । फ्रान्सेली महारथी पिएसजीबाट उनी यो गत सिजनको अन्त्यसँगै खाली भएका थिए ।
उनले स्वदेशी क्लबसँग सन् २०२२ को डिसेम्बर सम्मका लागि सम्झौता गरेका छन् । उनीमाथि प्रिमियर लिगका क्लबले पनि चासो राखेको बताइएको थियो ।
‘उनी विश्व स्तरीय खेलाडी हुनुका साथै व्यवसायिक रुपमा निकै प्रतिबद्ध छन्,’ साउ पाउलोका अध्यक्ष कार्लोस अगस्टो डी बारोस ए सिल्भाले विज्ञप्तीमार्फत भनेका छन्,‘ उनीमा अझै पनि उपाधि जित्ने र खेल जित्ने उस्तै भोक छ ।’
अध्यक्षका अनुसार उनले पहिला नै साउ पाउलोमा खेल्ने प्रतिबद्धता जनाएका थिए । उनले त्यो प्रतिबद्धता पुरा गरेको भन्दै अध्यक्षले खुसी व्यक्त गरेका छन् । ब्राजिलियन क्लबले ३६ वर्षे रक्षकलाई भित्राएको ट्विटरमार्फत जानकारी दिएको थियो । उनको कप्तानीमा ब्राजिलले हालै कोपा अमेरिका जितेको थियो ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]