6 years ago
August 2, 2019
नयाँ सिजनको सुरुवात नजिकिंदै गर्दा क्लबहरुले खेलाडी अनुबन्धलाई पनि तीव्रता दिइरहेका छन् । विशेषत: युरोपेली फुटबलका महारथी टोलीहरु अब आफ्नो मुख्य टोली तयार पारेर सुखद सिजनको अपेक्षामा छन् । केहि टोली अझैपनि बजारमा खेलाडी अनुबन्धन प्रक्रिया टुंग्याउने प्रयासमा छन् ।
विगतको तुलनामा यस सिजन ला लिगाका क्लबहरुले दिल खोलेर खेलाडी अनुबन्धनमा खर्च गरेका छन् । गत सिजन युरोपेली फुटबलमा स्पेनको वर्चस्व तोडिएसँगै स्पेनका तीनै ठूला टोलीले यसपटक ठूलो रकम खर्चेका छन् । तीनै क्लबले यस सिजन विश्व फुटबलका इतिहासमा रहेका सर्वाधिक १० महँगा १० खेलाडीमध्य ३ खेलाडी टोलीमा समेटेका छन् ।
रियल म्याड्रिडले चेल्सीबाट इडेन हाजार्डलाई अनुबन्ध गर्दा छिमेकी टोली एटलेटिको म्याड्रिडले बेन्फिकाबाट जोआओ फेलिक्ससँग कीर्तिमानी सम्झौता गर्यो । बार्सिलोनाले पनि लामो समयदेखि पछ्याइरहेका फरवार्ड एन्टोइन ग्रिज्मनलाई विवादका बीच अनुबन्धन गर्न सफल रहयो । एटलेटिको र बार्सिलोनाबीच यस ट्रान्सफरका कारण सम्बन्ध झनै चिसिएको छ । अघिल्लो सिजनसम्म नायक रहेका ग्रिज्मन एकाएक एटलेटिको समर्थकमाझ खलनायक बनेका छन् ।
स्पेनिस ट्रान्सफर विन्डो सकिन अझैपनि एक महिना समय बाँकी रहेको छ । लिगका क्लबहरुले हालसम्म १ बिलियन ६० मिलियन पाउण्ड खेलाडी अनुबन्धनमा खर्च गरेका छन् । सन् २०१७ मा प्रिमियर लिगका क्लबहरुले १ बिलियन ४ सय मिलियन पाउण्ड खर्चंदै कायम गरेको कीर्तिमान तोडिने प्रबल संभवाना रहेको छ । इंग्लिस क्लबहरुले तुलनात्मक रुपमा कम खर्च गरिरहेको अवस्थामा स्पेनिस टोलीले किन धेरै खर्च गरे त ?
इंग्लिस टोलीको सफलताको असर
गत सिजन च्याम्पियन्स लिग र युरोपा लिग दुवै उपाधि इंग्लिस टोलीले जिते । अझ त्यो भन्दापनि दुवै प्रतियोगिताको फाइनलमा इंग्लिस टोली नै भिडेका थिए । यसअघिका १० संस्करणमध्य ९ संस्करणमा दुवै प्रतियोगिताको उपाधि स्पेनिस टोलीले नै जितेका थिए । यसबिचमा सन् २०१० मा इन्टर मिलानले च्याम्पियन्स लिग जितेयता इटालीका कुनै क्लबले उपाधि जित्न सकेका छैनन् । इंग्लिस टोलीको दबदबालाई साम्य पार्न पनि स्पेनिस टोलीहरुले खेलाडी अनुबन्धनलाई तीव्रता दिएका छन् ।
टेलिभिजन रकम बढ्नु
पछिल्लो सिजनको तुलनामा यस पटक ला लिगाको टेलिभिजन प्रसारण अधिकारीको कमाइ २० प्रतिशतले बढ्ने भएको छ । विगतमा ला लिगामा क्लबहरुले आफैंले टेलिभिजन प्रसारण अधिकार किनबेच गर्ने गरेका थिए । तर सन् २०१५ देखि प्रिमियर लिगको जस्तै संयुक्त रुपमा लिगको सबै खेलको एकैसाथ अधिकार किनबेच भएको छ । तर प्रिमियर लिगले प्रतिसिजन पाउने ३.०७ बिलियन पाउण्डको तुलनामा ला लिगाले पाउने १.८३ बिलियन पाउण्ड निकै कम छ । तर लिगमा रियल र बार्सिलोनाले पाउने रकमका लागि भने बेग्लै व्यवस्था गरिएको छ । जसकारण दुई क्लबले कम्तिमा १ सय २८ मिलियन पाउण्ड प्राप्त गर्नेछन् ।
(एजेन्सीको सहयोगमा)
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]