default_image

6 years ago

August 2, 2019

नेपाललाई महिला विश्वकप खेल्न बलियो अवसर!

76 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपालका लागि विश्वकप खेल्ने सपना अहिलेको अवस्थामा सपनामै सिमित हुन्छ भन्ने सबैको बुझाई छ । तर अलिकति मिहिनेत गर्ने हो भने नेपालले फिफा विश्वकपमा छनोट हुने सम्भावना अझै बलियो बनेको छ । सन् २०२३ देखि महिला फुटबल विश्वकपमा ३२ राष्ट्रले सहभागिता जनाउने भएका छन् । फिफा काउन्सिलले महिला विश्वकपमा सहभागी टोलीको संख्या २४ बाट ३२ पुर्याउने प्रस्तावलाई बिहीबार सर्वसम्मत पारित गरेको छ ।

सन् २०२३ संस्करणका लागि आयोजना दावेदारी पेश गर्न ९ राष्ट्रले प्रक्रिया सुरु गरिसकेका छन् । सहभागी टोलीको संख्या वृद्धि भएसँगै आयोजनाको लागि दावेदारी प्रस्तुत गर्ने मिति पनि पछाडि सारिएको छ । अब मे २०२० मा मात्र विश्वकप आयोजकको टुंगो लाग्नेछ । एक वा सोभन्दा बढी राष्ट्रले मिलेर विश्वकप आयोजना गर्ने सम्भावना पनि रहेको छ ।

विश्वकपमा सहभागी हुने टोलीहरुको कोटा विभाजन भने भएको छैन । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले महिला फुटबलको विकासमा यस कदमले दीर्घकालीन रुपमा सकारात्मक संदेश दिने बताए । उनले महिला फुटबलको विकासका लागि सारिएको धेरै कार्यमध्य एक रहेको पनि जानकारी दिए ।

यसअघिका संस्करणमा २४ टोलीले सहभागिता जनाउँदा एसियाका ५ राष्ट्रले सहभागिता जनाउने प्रावधान रहेको थियो । युरोपबाट सर्वाधिक ८ टोलीले सहभागिता जनाउने गरेका थिए । अब भने एसियाको १ वा २ कोटा बढ्ने सम्भावना रहेको छ ।

नेपाल गतवर्ष भारतमा आयोजित हिरो गोल्डकपमा म्यानमारसँग पराजित हुँदै उपविजेता बनेको थियो

विश्वकपमा एसिया छनोटका लागि महिला एसियन कपलाई नै एसियाली छनोट प्रतियोगिताको रुपमा लिइने गरिएको छ । नेपालका लागि अब विश्वकपमा छनोट हुन एसिया कपमा छनोट हुनु पहिलो कदम हुनेछ । सन् २०२३ मा हुने महिला एसिया कपका लागि भारत, उज्बेकिस्तान र चाइनिज ताइपेइले आयोजनाका लागि दावेदारी प्रस्तुत गरिसकेका छन् ।

नेपालले अहिलेसम्म एसिया कप छनोटका लागि सहभागिता नै जनाएको छैन । सन् २००३ मा नेपालले सहभागिता जनाउने भनेपनि अन्तिम समयमा नाम फिर्ता लिएको थियो । एन्फाको वर्तमान नेतृत्वले भने महिला फुटबललाई प्राथमिकतामा राख्दै अगाडि बढिरहेको अवस्थामा एसिया कप छनोट लगायत सम्पूर्ण औपचारिक प्रतियोगितामा सहभागिता जनाउने एन्फा महसचिव इन्द्रमान तुलाधरले जानकारी दिए । ‘ हामी महिला फुटबलको विकासमा लागेका छौं । हामीले सहभागिता जनाउन पाउने प्रतियोगितामा पक्कै सहभागी हुने नै छौं,’ उनले भने ।

सन् २०२३ मा हुने विश्वकपमा छनोट हुनका लागि टोलीले सन् २०२२ मा हुने एसिया कपमा छनोट हुनुपर्नेछ । त्यसका लागि छनोट प्रतियोगिता सन् २०२० को अन्तिम अथवा सन् २०२१ को सुरुवाती महिनामा हुने सम्भावना रहेको छ । नेपालले पुरुषतर्फ लगातार विश्वकप छनोट खेल्दै आएकोमा सन् २०२२ को विश्वकप छनोटका लागि अहिले दोस्रो चरणमा खेल्दैछ । पुरुषतर्फ नेपालले विश्वकप छनोटमा दोस्रो चरण पुग्नु नै सबैभन्दा सफल नतिजा हो ।

नेपाली महिला फुटबलमा दबदबा कायम गर्न सफल फरवार्ड सावित्रा भण्डारी

नेपाली महिला टोलीले अघिल्लो वर्ष मात्र ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेर इतिहास रचेको थियो । दोस्रो चरणमा नेपालले इन्डोनेसियालाई हराएको थियो भने भारत र समूह विजेता म्यानमारसँग पराजित हुन पुगेको थियो । पहिलो सहभागितामा नै नेपालले ठूला टोलीसँग राम्रो प्रदर्शन गरेको थियो । नेपालले त्यसअघि हिरो गोल्डकपमा भारतलाई पराजित गरिसकेको छ ।

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक रहँदै आएका हरि खड्का यसै साता एन्फाको महिला फुटबल विभागका प्रमुखमा नियुक्त भएका छन् । खड्का पनि विश्वकपको अवसरलाई लिएर सकारात्मक छन् । ‘हामीले अब पाएको अवसर गुमाउनु हुन् । महिला फुटबलले नतिजा दिएर नै सम्भावना देखाएको छ । हामीले अझै कार्यक्रम ल्याएर प्राथमिकता दिने हो भने अझै अगाडी बढ्न सकिन्छ । विश्वकप छनोट, एसिया कप छनोट लगायत प्रतियोगितामा खेल्न हामी डटेर लाग्नेछौं’, उनले भने ।

पछिल्लो समय सफल रहँदै आएको महिलातर्फ पनि विश्वकप छनोटमा नेपालको बाटो खुलेको छ । ओलम्पीक छनोटको दोस्रो चरणमा पुगेर रोकिएको नेपाली टोलीलाई विश्व महिला फुटबलमा अगाडी बढ्न अर्को विकल्प रहेको छ । एन्फाले महिला फुटबललाई प्राथमिकतामा राख्दै विश्वकप छनोटको रुपमा रहेको एसिया कप छनोटको तयारी गर्ने हो भने स्तर सिद्ध गरिसकेको नेपाली महिला टोलीले नतिजा ल्याउने सम्भावना पनि बलियो छ ।

February 25, 2025

संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]

February 25, 2025

केपी ओली कपमा‌ आज पनि २ खेल

काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

Success

Thank you for your time.