9 years ago
May 29, 2016
बिशाल राइको दोस्रो हाल्फको अग्रता जोगाउन नसक्दा नेपाल र लाओस बिरुद्धको खेल १-१ को बराबरिमा सकिएको छ ।
पहिलो हाल्फमा गोल रहित बराबर रहेको नेपालले दोस्रो हाल्फमा केहि आक्रामक देखियो । ७७ औं मिनेटमा मिडफिल्डर बिशाल राईले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भए पछी नेपालले खेलमा अग्रता लिएको थियो ।
तर नेपाल ले त्यो अग्रता जोगाउन सकेन । ७९औं मिनेटमा पाएको कर्नर प्रहरलाई सदुगयो गर्दै घरेलु टोलीले गोल फर्काउदै खेलमा फर्कियो ।
नेपालले घरेलु टोली माथी केहि दबाब सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल बराबरिमा सकियो ।
December 22, 2024
हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]
December 22, 2024
दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]