6 years ago
August 1, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिगको क्लब टोटेनहम हट्स्परले जर्मन लिग च्याम्पियन बायर्न म्युनिखलाई पराजित गर्दै औडी कप उपाधि हात पारेको छ ।
निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि स्पर्सले सडन डेथमा ६-५ को जित दर्ता गरेको हो । जेरोम बोटेङले निर्णायक प्रहार गोलमा परिणत गर्न नसक्दा बायर्न पराजित भएको थियो । त्यसअघि टाइब्रेकरमा स्पर्सका क्रिस्टियन एरिक्सन तथा बायर्नका डेविड अलावाको प्रहार गोल हुन सकेको थिएन ।
टोटेनहमले पहिलो हाफमा एरिक लामेलाको गोलमा अग्रता लिएको थियो । उनले जर्जेस केभिन एनकुडुको क्रसलाई गोलमा परिणत गरेका थिए । एरिक्सनले पेनाल्टी क्षेत्रभित्रबाट गोल गरेपछि इंग्लिस टोली २-० ले अगाडी बढेको थियो । जवाफमा बायर्नले जान फिएट आर्प र अल्फोन्सो डेभिसको गोलमा खेल बराबरीमा ल्याएको थियो ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]