6 years ago
August 1, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) नेयमारलाई बेच्न तयार भएको छ । तर, उनलाई बार्सिलोना नै फर्काउनेमा भने पिएसजी इच्छुक नरहेको बताइएको छ । ब्राजिलियन सुपर स्टार नेयमार फ्रान्सेली क्लबमा बस्न चाहिरहेका छैनन् ।
पिएसजीका अध्यक्ष नासिर अल खालिफा पनि खुसी नहुने खेलाडीलाई क्लबमा राख्न चाहदैनन् । कारण त्यस्ता खेलाडीका कारण ड्रेसिङ रुममा समेत असर पुग्ने उनीहरुको विश्वास छ । पिएसजी र बार्सिलोनाबीच नेयमारका विषयमा छलफल हुने र एउटा निकर्षमा पुग्ने विश्वास गरिएको छ ।
तर, अघिल्लो साता नेयमार किन्न बार्सिलोनाले राखेको १ सय ६५ मिलियन पाउन्डको प्रस्तावलाई पिएसजीले अस्वीकार गरेको बताएको छ । बार्सिलोनासँगको खराब सम्बन्धका कारण पिएसजी नेयमारलाई त्यहाँ बेच्न तयार नभएको बताइएको छ ।
अन्य क्लबले इच्छा देखाएको खण्डमा पिएसजीले नेयमारलाई बेच्ने सम्भावना रहेको छ । बार्सिलोनाले इभान राकटिक, ओसमाने डेम्बेले र समुइल इटिटी जस्ता खेलाडीहरु दिएर नेयमार लिने विषयलाई तत्कालका लागि स्थगित गरेको छ । पिएसजीले पनि खेलाडी सट्टा पट्टा गर्नेमा खासै रुची देखाएन ।
पिएसजीको मागलाई पुरा गर्ने बार्सिलोनासँग आर्थि अवस्था रहने नरहेको पनि निश्चित छैन । स्पेनिस च्याम्पियनले सिजनको सुरुवातमा एन्टोनी ग्रिजमनलाई १ सय ८ मिलियन पाउन्डमा खरिद गरेको थियो । नेयमारलाई पुनः क्लबमा भित्राउँदा अनेक समस्या आउन सक्ने अनुमानका साथ बार्सिलोना पनि उनलाई लिनेमा अझै पक्का हुन नसकेको बताइन्छ ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]