6 years ago
July 31, 2019
एजेन्सी – फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अष्ट्रेलियन च्याम्पियन सिड्नी एफसीलाई पराजित गर्दै इन्टरनेसनल सुपर कपको उपाधि जितेको छ ।
चीनको सोझुमा भएको खेलमा पीएसजीले सिड्नीमाथि ३-० को जित दर्ता गरेको हो । ब्राजिलियन स्टार नेयामरबिना नै उत्रिएको पीएसजीले खेल अवधिभर आफ्नो दबदबा कायम राख्यो । खेलको ३८ औं मिनेटमा किलियन एम्बाप्पेले गोल गरेपछि फ्रान्सेली च्याम्पियनले खेलमा अग्रता बनाएको थियो । त्यसको ५ मिनेटमा नै पीएसजीले अग्रता दोब्बर बनायो ।
एडिन्सन काभानीले ६ यार्ड बक्स भित्र अनमार्क रहेको अवस्थामा रिबाउन्डमा आएको बललाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा २-० ले पछाडी परेको सिड्नीका मुख्य खेलाडी घाइते हुँदा खेलमा फर्कने सम्भावना न्यून रहेको थियो । पीएसजीले दोस्रो हाफमा १० खेलाडी परिवर्तन गरेको थियो ।
युवा खेलाडीलाई स्थान दिएको पीएसजीका लागि ८९ औं मिनेटमा मेथान गुक्लुले गोल गरे । नयाँ सिजनको तयारीमा रहेका दुवै टोलीका लागि खेलमा सकारात्मक पक्ष रहे । पीएसजीले यसै शनिबार फ्रेन्च कप विजेता रेन्नेससँग ट्रफी दे च्याम्पियनका लागि प्रतिस्पर्धा गर्नेछ ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]