6 years ago
July 30, 2019
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले यस वर्षको ब्यालोन डी’ओर अवार्ड आफैंले जित्नेमा आशावादी रहेको बताएका छन् ।
सोमबार म्याड्रिडमा अयोजित कार्यक्रममा रोनाल्डो मार्सा लेजेन्डको अवार्डबाट सम्मानित भएका थिए । स्पेनिस खेलकुदमा निकै प्रतिष्ठित संचारमाध्यम मार्साले प्रदान गर्ने यस अवार्ड युरोपकै शीर्ष अवार्डमा पर्दछ । उक्त अवार्ड समारोहमा बोल्दै रोनाल्डोले यस सिजनको उपाधि जित्नेमा आशावादी रहेको बताएका हुन् ।
‘;मलाई आशा छ की म छैटौं उपाधि जित्न सकूँ । मैले म्याड्रिड छाडेर गएपनि करिअरमा लगातार सफलता हात पार्दै आएको छु । ३३ वर्षको उमेरमा ९ वर्षपछि म्याड्रिड छाडेपनि गत सिजन मेरो लागि राम्रो भयो । मैले क्लबसँग रहेर इटालियन लिग र कोपा इटालीया तथा पोर्चुगलबाट नेसन्स लिग उपाधि जित्न सकें । मेरो लागि व्यक्तिगत रुपमा र टोलीसँग रहेर पनि उत्कृष्ट मध्यको एक सिजन रहयो,’ रोनाल्डोले भने ।
रोनाल्डोले हालसम्म ५ पटक ब्यालोन डी’ओर उपाधि जितिसकेका छन् । उनीसँगै बार्सिलोना कप्तान लिओनेल मेस्सीले पनि समान ५ पटक उपाधि जितेका छन् । गतवर्ष क्रोएसियाका कप्तान लुका मोड्रीचले उक्त उपाधि हात पार्दा रोनाल्डो दोस्रो भएका थिए भने मेस्सी शीर्ष ३ मा परेका थिएनन् ।
रोनाल्डोलाई व्यावसायिक फुटबल खेलाडीको रुपमा प्राप्त गरेको सफलता र उनले विश्व जगतमा पाएको चर्चाका कारण ‘मार्सा लेजेन्ड’ अवार्डबाट सम्मानित गरिएको हो । सोमबार उनलाई मार्साका निर्देशक जुआन इग्नासियो गालार्डोले म्याड्रिडमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड हस्तान्तरण गरे । रोनाल्डोले भावुक हुँदै यस अवार्ड उनको म्युजियममा विशेष रहने बताए ।
‘यो अवार्डलाई मेरो म्युजियममा राम्रो स्थानमा राख्नेछु । म्याड्रिड मेरो लागि विशेष सहर हो । मैले विश्वका अनेक ठाउँ पुग्दा पनि कमै सहर यसलाई टक्कर दिन सक्ने छन् । मैले यो अवार्ड प्राप्त गर्नुमा महत्त्वपूर्ण भूमिका रियल म्याड्रिडको रहेको छ । म यो अवार्ड पाउँदा निकै गौरवान्वित भएको छु,’ रोनाल्डोले भने ।
रोनाल्डोभन्दा अगाडी यस अवार्डबाट रोजर फेडेरर, राफेल नाडाल, माइकल जोर्डन, माइकल फेल्पस, मार्क मार्केज, पल गस्ल, उसेन बोल्ट लगायत खेलाडी सम्मानित भएका छन् । फुटबल खेलाडीमा लिओनेल मेस्सी, राउल, डिएगो म्याराडोना, पेले र पाओलो माल्डिनीले पनि यस अवार्ड हात पारिसकेका छन् ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]