default_image

6 years ago

July 30, 2019

हामेस दुई वर्षपछि रियलमा फर्किए

68 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर हामेस रोड्रिग्वेज दुई वर्षपछि रियल म्याड्रिडको अभ्यासमा फर्केका छन् । कोलम्बियाका प्लेमेकर यो सिजन बेर्नाबेउमै देखिने सम्भावना रहेको बताइन्छ । २८ वर्षे रोड्रिग्वेज पछिल्लो दुई सिजन लोनमा बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखमा रहेका थिए । जहाँ बायर्न लगातार लिग उपाधि जितेको थियो ।

बायर्नले स्थायी रुपमा राख्न सक्ने विकल्प प्रयोग नगरेपछि उनी रियल फर्केका छन् । उनी ७ सय ८७ दिन रियल बाहिर रहे । नेपोली र एट्लेटिको म्याड्रिडले रोड्रिग्वेजमाथि चासो देखाएका थिए । नेपोलीका प्रशिक्षक कार्लो एन्सेलोटीले उनलाई लान पटक पटक प्रयास गरेका थिए ।

मार्को एसेन्सियो गम्भिर घाइते भएपनि प्रशिक्षक जिनेदिन जिदानले उनलाई पनि विकल्पका रुपमा हेर्न सकिने बताइएइको छ । गत सिजन ला लिगाको उपविजेता रहेको रियलले मंगलबार औडी कपमा टोटेनह्याहको सामना गर्नेछ ।

सोमबार कासिमारो, यसैपटक क्लबमा आएका एडेन मिलिटिओ र रोड्रिग्वेज लगायत खेलाडीले अभ्यास गरेका थिए । एट्लेटिकोसँग ७–३ ले पराजित भएपछि यसपटक पनि रियलले ला लिगामा संघर्ष गर्नुपर्ने अनुमान पनि गरिएको छ । जापानी टाकेफुसा कुबोले पनि सिनियर टोलीसँगै अभ्यास गरे । १८ वर्षे युवा खेलाडी प्रि सिजनमा टोलीका साथ थिए । अगस्ट १७ मा सेल्टा भिगोसँग खेल्दै रियलले यो सिजनको ला लिगाको सुरुवात गर्नेछ ।

February 25, 2025

केपी ओली कपमा‌ आज पनि २ खेल

काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

Success

Thank you for your time.