6 years ago
July 27, 2019
एजेन्सी – प्रि सिजना लागि एसिया भ्रमणमा रहेको स्पेनिस सफल टोली बार्सिलोना जियी भएको छ । बार्सिलोनाले भिसेल कोबेलाई २–० ले हराएको थियो । टोलीका लागि दुवै गोल कार्लेज पेरेजले गरेका थिए ।
बार्सिलोनाका पूर्व स्टार आन्द्रे इनियस्टा अहिले जापानी क्लब कोबेबाट खेल्दै आएका छन् ।
बार्सिलोनाका दुई स्टार लियोन मेस्सी र लुइस स्वारेज विना बार्सिलोना एसिया भ्रमणमा निस्केको थियो ।
कोपा अमेरिका सहभागी भएका कारण उनीहरुलाई टोलीका अन्य खेलाडीलाई भन्दा बढी समय आराम दिइएको थियो । केहि दिनअघि चेल्सीसँग पराजित भएको टोलीमा भन्दा शनिबार बार्सिलोनाले पहिलो रोजाईमा ५ खेलाडी परिवर्तन गरेको थियो ।
पेरेजले पहिलो गोल ५९ औं मिनेटमा गरेका थिए । उनले अर्को गोल खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेका थिए ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]