6 years ago
July 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– फिफाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले जुलाईका लागि बिहीबार पुरुषतर्फ जारी गरेको वरियतामा नेपाल १ सय ६६ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६४ औं स्थानमा थियो । मेमा नेपाल १ सय ६१ औं स्थानमा थियो ।
नेपालले दुई वटा मैत्रीपूर्ण खेल खेलेको एक साता भन्दा केहि बढी समयपछि गत महिनाको वरियतामा नेपाल ४ स्थान तल झरेको थियो । जेठ १९ मा मलेसियासँगको मैत्रीपूर्ण खेल २–० ले गुमाएको नेपालले जेठ २३ गते चाइनिज ताइपेलाई भने १–१ को बराबरीमा रोकेको थियो ।
फिफा वरियता अनुसार दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । भारतमा एक सय एक र माल्दिभ्स १ सय ५२ औं स्थानमा छ । एसियाली मुलुकमा भने ४६ मध्ये नेपाल ३५ औं स्थानमा छ ।
दक्षिण एसियाका अन्य मुलुकमा बंगलादेश १ सय ८२ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सयौं र पाकिस्तान २ सय ४ औं स्थानमा छ ।
बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा यथावत रहँदा कोपा अमेरिका विजेता ब्राजिल दोस्रो, विश्व कप विजेता फ्रान्स तेस्रो, इग्ल्यान्ड चौथो र उरुग्वे पाँचौ स्थामा छ ।
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सहीद स्मारक बी डिभिजन लिगअन्तर्गत झापा फुटबल क्लबसँग ब्वाइज युनियन क्लब बराबरीमा रोकिएको छ । ब्वाइज युनियनको यो लगातार तेस्रो बराबरी नतिजा हो । यता झापाले भने तेस्रो खेलमा आएर अंकको खाता खोलेको छ। ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ४५औं मिनेटमा झापाले अग्रता बनायो । प्रदीप बुढाथोकीको पासमा निकेश श्रेष्ठले गोल […]
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिएको छ । एनसेल र ललितपुरबीच बिहीवार सम्झौता भएको छ । साविक विजेता ललितपुरले एनसेल नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा शनिवार पूर्व विजेता काठमाडौं रेजर्सको सामना गर्नेछ। ‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको […]
March 28, 2025
एजेन्सी – बार्सिलोनाले ओसासुनालाई बिहीवार ३-० हराएपछि स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको छ। रोबर्ट लेवान्डोव्स्की र राफिन्हालाई विश्राम दिएपनि क्याटलान क्लबले फेरान टोरेसको र डानी ओल्मोको पेनाल्टी गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो । दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका लेवान्डोव्स्कीले ७७औं मिनेटमा हेडरमार्फत तेस्रो गोल […]