6 years ago
July 24, 2019
एजेन्सी – प्रि सिजनका लागि एसिया भ्रमणमा रहेको युभेन्ट्सले बुधबार जित हासिल गरेको छ । केहि दिन अघि प्रिमियर लिग टोली टोटेनह्यामसँग पराजित युभेन्ट्सले इन्टरनेसनल च्याम्पियन्स कपमा सिरि ए टोली इन्टर मिलानलाई हराएको छ ।
चीनको नानजिङ ओलम्पिक रंगशालामा युभेन्ट्सले इन्टरलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको छ । निर्धारित समय १-१ को बराबरीमा टुंगिएपछि पेनाल्टीमा क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्ट्सले बाजी मारेको थियो ।
१० औं मिनेटमा म्याथिज डे लिग्टको आत्मघाती गोलबाट इन्टरले खेलमा अग्रता लिएको थियो । रोनाल्डोका गोलमा युभेन्ट्स खेलमा फर्केको थियो । उनले ६८ औं मिनेटमा बराबरी गोल गरेका थिए ।
पेनाल्टीमा युभेन्ट्सका रोनाल्डो, जोआ कानसेलो, एम्री कान र डिमिरलले गोल गरे । इन्टरका निकोल बरेल, जर्ज पुस्कास र जोआ मारियोले गोल गरे ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]