default_image

9 years ago

May 28, 2016

रियल मड्रिडलाई ११ औं पटक च्याम्पियन्स लिग

179 views

0 Bookmark

मिलान (एजेन्सी) – स्पेनको रियल मड्रिडले ११ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । सहरी प्रतिद्वन्द्वि एट्लेटिको मड्रिडलाई टाइब्रेकरमा ५–३ हराउँदै रियालले उपाधि जितेको थियो । रियलका लागि लुकास भाजक्वेज, मार्सेलो, गेराथ बेल,सर्जियो रामोस र क्रिस्टियानो रोनाल्डो गोल गरेका थिए । एट्लेटिकोका एन्टोनी ग्रेजमन, गावि र साउन निगुजले गोल गरे भने युवानफ्रानको प्रहार पोलमा लागेर फर्कियो ।

च्याम्पियन्स लिग उपाधिका साथ रियाल मड्रिडका खेलाडी ।

च्याम्पियन्स लिग उपाधिका साथ रियाल मड्रिडका खेलाडी ।

निर्धारित ९० मिनेट १–१ पछि थप ३० मिनेटमा कुनै निर्णय नभएपछि खेल पेनाल्टी सुटआउटमा भएको थियो । कप्तान सर्जियो रामोसले नजिकबाट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा टोली क्रुसको फ्रिकिकलाई गेराथ बेलले फ्लिक हेड गरेपछि नजिकबाट रामोसले गोल गरेका हुन् ।
रामोस तीनै खेलाडी हुन्, जसले दुई बर्षअघि सोही टोलीविरुद्ध इन्जुरी समयमा गोल गर्दै खेललाई थप समयतर्फ धकलेका थिए । जहाँ रियल ४–१ ले विजयी हुँदै १० औं पटक च्याम्पियन्स लिग उपाधि जित्न सफल भएको थियो । तर, आइबार बिहान खेल सकिन १२ मिनेट बाँकी रहँदा याननिक कारस्कोले बराबरी गोल फर्काएपछि च्याम्पियन्स लिग फाइनल थप समय तिर गएको छ । त्यसअघि दोस्रोे हाफ सुरु भएको पहिलो मिनेटमा एट्लेटिकोले बराबरीको मौका पाएको थियो । तर, एन्टेनो ग्रिजमन पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार क्रसबारमा लागेर फर्केको यिथो । पेनाल्टी बक्समा पेपले फर्नान्डो टोरेसलाई फाउल हानेपछि एट्लेटिकोले पेनाल्टी पाएको थियो ।
रियलका स्टार क्रिस्टियानो रोनाल्डोले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसेपनि पेनाल्टीमा अन्तिम गोल गर्दै टोलीलाई जित दिलाउन सफल भए । म्यानचेस्टर युनाइटेडबाट एकपटक च्याम्पियन्स लिग जितेका रोनाल्डोले रियलमा दुईपटक जितेका छन् । जारी सिजनको फाइनलअघि उनले च्याम्पियन्स लिगमा रोनाल्डोले १६ गोल गरेका थिए । रियलको प्रशिक्षकका रुपमा जिनेदिन जिदानको त्यो पहिलो उपाधि हो । खेलाडीका रुपमा उनले २००२ को फाइनलमा निर्णायक गोल गर्दै रियललाई च्याम्पियन्स लिग जिताएका थिए ।

पेनाल्टी सुटआउटमा अन्तिम गोल गर्दै रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डो ।

पेनाल्टी सुटआउटमा अन्तिम गोल गर्दै रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डो ।

_89826741_sergioramoscelebrates_reuters

रियाल मड्रिडका लागि पहिलो हाफमा गोल गरेपछि कप्तान सर्जियो रामोस ।

Real Madrid players celebrate with supporters after they won the UEFA Champions League final football match over Atletico Madrid at San Siro Stadium in Milan, on May 28, 2016. / AFP / OLIVIER MORIN (Photo credit should read OLIVIER MORIN/AFP/Getty Images)

च्याम्पियन्स लिग फाइनल जितेपछि साथ रियाल मड्रिडका खेलाडी समर्थकका साथमा ।

781c5c08-a241-4a5f-9a3c-5f3fc6237f03

दोस्रो हाफको सुरुआतमै पेनाल्टीमा गोल गर्न चुकाएका एन्टोनी ग्रिजमन (७ नम्बर जर्सी) ।

 

_89826968_ferreiracarrasco_getty

एट्लेटिको मड्रिडका लागि बराबरी गोलगरेपछि याननिक कारस्को (दायाँ) ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.