default_image

6 years ago

July 23, 2019

ग्रिज्मनको डेब्युमा बार्सिलोना पराजित

85 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिज्मनले आफ्नो नयाँ क्लबमा बार्सिलोनामा हारसहित सुरुवात गरेका छन् । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोना चेल्सीसँग २-१ ले पराजित भएको हो ।

चेल्सीका लागि ट्यामी अब्राहाम र रस बार्क्लीले गोल गरेका द । जापानमा भएको मैत्रीपूर्ण खेलमा अब्राहमले पहिलो हाफमा गोलरक्षकलाई छलाउँदै गोल गरेका थिए । दोस्रो हाफमा बार्क्लीले उत्कृष्ट गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । खेलको इन्ज्युरी समयमा इभान राकीटिचले गोल गरेपनि हार टार्न सकेनन् ।

डेब्यु गरेका ग्रिज्मनले आक्रमणमा अर्का फ्रान्सेली फरवार्ड ओस्मान डेम्बेलेसँग खेलेका थिए । दुवै खेलाडीले बिरलै चेल्सीका डिफेन्डरहरुलाई समस्या दिए । पहिलो हाफ मात्र खेलेका ग्रिजमनले डरलाग्दो ट्याकलको समान गरेका थिए भने आक्रमणमा खासै प्रदर्शन गर्न सकेनन् ।

बार्सिलोनाका फरवार्डद्वय लुइस सुआरेज र कप्तान लिओनेल मेस्सी कोपा अमेरिकामा सहभागी भएका कारण केहि ढिला क्लबमा आउने छन् । एटलेटिको छाडेर आएका ग्रिजमनले बार्सिलोनामा १७ नम्बर जर्सी लगाउनेछन् ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.