6 years ago
July 25, 2019
एजन्सी – क्रिस्टियानो रोनाल्डोले यसपटक फेरि तीन वटा व्यक्तिगत उपाधि जित्ने सम्भावना बलियो देखिएको छ । उनी बालोन डी ओर, फिफ दि बेस्ट र युइएफएको प्लेयर अफ दी एयरको अवार्ड जित्ने बलियो सम्भावना भए मध्येका एक हुन् । पछिल्लो सिजन उनले युभेन्ट्स र पोर्चुगलका लागि उच्च प्रदर्शन गरेका छन् ।
गत सिजन युभेन्ट्स पुगेका उनले टोलीलाई सिरि ए र सुपर कोपा इटालियाना जिताउनमा भूमिका निर्वाह गरे । त्यस्तै पोर्चुगलले युइएफले नेसन्स कप जिताउन पनि उनको भूमिका महत्वपूर्ण रह्यो । त्यो युरोप महादेशका लागि पहिलो प्रतियोगिता थियो ।
२८ गोल गर्नुका साथै १० एसिस्ट गरेका रोनाल्डो सिरिए खेलको पहिलो वर्ष नै उत्कृष्ट खेलाडी चुनिएका थिए । त्यस्तै च्याम्पियन्स लिगमा उनको खेल संख्या एक सय पुगेको छ भने उनको गोल संख्या १ सय २६ पुगेको छ ।
पोर्चुगलका लागि उनले ३ गोल गरे । नेसन्स कपको सेमिफाइनलमा उनले तीनै गोल स्विट्जरल्यान्डविरुद्ध गरेका थिए । त्यसको उपाधि पोर्चुगलले जितेको थियो । यी सब प्रदर्शनका कारण रोनाल्डोले छैटौं बालोन डी ओर, तेस्रो द बेस्ट र पाँचौं युइएफले प्लेयर अफ दी एयरका जित्ने सम्भावना रहेको बताइएको छ । त्यस्तो भएको खण्डमा युइएएफको १० वटा व्यक्तिगत उपाधि जित्ने उनी पहिलो खेलाडी बन्ने छन् ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]