9 years ago
May 28, 2016
मिलान (एजेन्सी)– निर्धारित ९० मिनेटको खेल सकिन १२ मिनेट बाँकी रहँदा याननिक कारस्कोले बराबरी गोल फर्काएपछि च्याम्पियन्स लिग फाइनल थप समय तिर गएको छ । निर्धारित समय १–१ बराबरीमा टुंगिएको छ ।
कप्तान सर्जियो रामोसले नजिकबाट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा टोली क्रुसको फ्रिकिकलाई गेराथ बेलले फ्लिक हेड गरेपछि नजिकबाट रामोसले गोल गरेका हुन् । दोस्रो हाफको पहिलो मिनेटमै एट्लेटिकोले बराबरीको मौका गुमाएको थियो । एन्टेनो ग्रिजमनको पेनाल्टी प्रहार क्रसबारमा लागेर फर्केको थियो । पेपेले फर्नान्डो टोरेसलाई फाउल हानेपछि एट्लेटिकोले पेनाल्टी पाएको थियाृ ।
दुई बर्षअघि पनि यी दुई टोलीबीचको खेल थप समयमा गएको थियो । इन्जुरी समयमा रामोसले बराबरी गोल गरेपछि निर्णायका लागि खेल थप समयमा धकेलिएको थियो । जहाँ रियल ४–१ विजयी भएको थियो ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]