default_image

6 years ago

July 21, 2019

हजार्डको ‘डेब्यु’ खेलमा रियालको हार

73 views

0 Bookmark

एजेन्सी – बेल्जियन फरवार्ड इडेन हजार्डले ‘डेब्यु’ गरेको खेलमा स्पेनिस महारथी रियाल म्याड्रिडले प्रि–सिजनको पहिलो खेलमा हार बेहोरेको छ ।

प्रि–सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा रियल म्याड्रिडले जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ३–१ को हार बेहोरेको हो ।

अमेरिकास्थित टेक्ससमा आइतबार बिहान भएको खेलमा बायर्नको जितमा कोरेन्टिन टोलिसो, रोवर्ट लेवान्डोस्की र सर्जी जिनब्रीले गोल गरे । रियलका रोड्रिगोले एक गोल फर्काए ।

खेलको १५औं मिनेटमा कोरेन्टिन टोलिसोले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले अग्रता दोब्बर पारे । ७०औं मिनेटमा सर्जी जिनाब्रीले गर्दै बायर्नलाई ३–० ले अघि बढाए ।

८१औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिएको थियो । बायर्नका एसभेन अलरिइच रातो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसपछि ८५औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि हार टार्न सकेन । रोड्रिगोको रियालमा ‘डेब्यु’ गोल हो ।

यसै सिजन इंग्लिस क्लब चेल्सीबाट १ सय ५० मिलियन पाउन्डमा ५ वर्षका लागि रियल पुगेका हजार्डले पहिलो रोजाईमा खेलेका थिए । उनलाई दोस्रो हाफको शुरुमै भेनेसियस जुनियरले प्रतिस्थापन गरेका थिए । रियलले दोस्रो हाफमा सबै खेलाडी परिवर्तन गरेको थियो ।

रियलले यसै सिजन क्लबमा अनुबन्ध गरेका जापानी मेस्सी टाकेफुसा कुवो, रोड्रिगो, फरल्यान्ड मेन्डी र लुका जोभिकलाई पनि मौका दिएको थियो ।

च्याम्पियन्स कपमा बायर्नको पहिलो जित हो । बायर्न पहिलो खेलमा आर्सनलसँग २–१ ले पराजित भएको हो । बायर्नले २ खेलबाट ३ अंक जोडेको छ । रियाल अंकविहीन छ ।

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

Success

Thank you for your time.