default_image

6 years ago

July 20, 2019

ग्रीनउडको गोलमा युनाइटेडको जित

67 views

0 Bookmark

सुबास हुमागाईं, सिंगापुर

युवा खेलाडी मेसन ग्रीनउडले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै निर्णायक गोल गरेपछि प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले प्रि सिजन टुरमा जितलाई निरन्तरता दिएको छ । अष्ट्रेलियामा दुई वटा अभ्यास खेल जितेर सिंगापुर पुगेको युनाइटेडले शनिबार इटालियन क्लब इन्टर मिलानलाई १–० ले हराएको हो ।

इन्टरनेसनल च्याम्पियन्स कपमा युनाइटेडलाई जित दिलाउन ग्रीनउडको गोल पर्याप्त गर्यो । परिवर्तित खेलाडीका रुपमा उनले ७६ औं मिनेटमा गोल गरेका थिए । पेनाल्टी क्षेत्रभित्र उनले डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार इन्टरका कप्तान एवं गोलरक्षक सामिर हान्डानोभिचले रोक्ने मौका नै पाएनन् । ग्रीनउडले पहिलो गोल गरेको ५ मिनेटपछि गरेको प्रहार पोस्टमा ठोक्किन पुग्दा अग्रता दोब्बर पार्नबाट चुकेको थियो ।

यसअघि लिड्सविरुद्धको जितमा पनि ग्रीनउडले गोल गरेका थिए । प्रि सिजनमा पहिलो पटक गोलकिपर डेभिड डे हेयाले युनाइटेडको पोष्ट सम्हाले । उनको स्थानमा दोस्रो हाफमा रोमेरोले खेलेका थिए । युनाइटेडले दोस्रो हाफमा पहिलो रोजाईमा खेलेका सबै खेलाडीलाई परिवर्तन गरेको थियो ।

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

February 24, 2025

आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]

Success

Thank you for your time.