6 years ago
July 20, 2019
एजेन्सी – च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब लिभरपुलले प्रि सिजनको मैत्रीपूर्ण खेलमा जर्मन क्लब डर्टमन्डसँग हार बेहोरेको छ ।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा लिभरपुल बोरुसिया डर्टमन्डसँग ३–२ को अन्तरमा पराजित भएको हो । प्रि सिजनमा लिभरपुलको यो पहिलो हार हो । यसअघि लिभरपुलले दुई खेलमा फराकिलो जित निकालेको थियो । डर्टमन्डको भने प्रि सिजनमा लगातार तेस्रो जित निकालेको हो ।
लिभरपुललाई पराजित गर्न डर्टमन्डका पाको अल्कासेर, थोमस डिलेनी र जाकव ब्रन लार्सेनले गोल गरे । लिभरपुलका ह्यारी विल्सन र रिहान ब्रिस्टरले गोल गरे । खेलको तेस्रो मिनेटमा नै डर्टमन्डले पाको अल्कासेरको गोलबाट अग्रता लिएको थियो । ३५औं मिनेटमा ह्यारी विल्सनले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
५३औं मिनेटमा थोमसले गोल गर्दै डर्टमन्डलाई पुनः २–१ को अग्रता दिलाए । ५८औं मिनेटमा जाकवले गोल गर्दै डर्टमन्डलाई जितनजिक पुर्याएका थिए । ७५औं मिानेटमा रिहानले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई खेलमाा फर्काउन संकेत दिएको थियो । तर, त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमन्ड ३–२ ले विजयी हुदा लिभरपुल पराजित हुन पुग्यो ।
अब डर्टमन्डले अर्काे मैत्रीपुर्ण खेलमा उडिनेसीसँग तथा लिभरपुलले सेभियासँग २२ जुलाईमा खेल्दैछ ।
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]