default_image

6 years ago

July 20, 2019

सेनेगललाई हराउँदै अल्जेरिया अफ्रिकाको च्याम्पियन

65 views

0 Bookmark

एजेन्सी – अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । शुक्रबार फाइनलमा सेनेगललाई १-० ले पराजित गर्दै अल्जेरियाले दोस्रो पटक उपाधि जितेको हो ।

खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल नै खेलमा निर्णायक सावित भयो ‌। बागदाद बोउनेदाको प्रहार सेनेगेलका सालिफ सानेलाई लाग्दै गोल भएको थियो । खेल अवधिभर अल्जेरियाले पोस्टमा गरेको एकमात्र आक्रमण नै उपाधि जित्न पर्याप्त रहयो । अग्रता लिएपछि रक्षात्मक देखिएको अल्जेरियाले सेनेगललाई खेलमा फर्कने मौका दिएन ।

पहिलो उपाधि जित्ने दाउमा रहेको सेनेगलले दोस्रो हाफमा रेफ्रीबाट पेनाल्टी पाएको थियो । तर रेफ्रीले पछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै निर्णय परिवर्तन गरे । सेनेगलले खेल अवधिभर दवाव बनाएपनि पाएको अवसरको सदुपयोग गर्न नसक्दा सफल हुन सकेन ।

सन् १९९० मा पहिलो उपाधि जितेको अल्जेरियाले दोस्रो उपाधि जित्दा सन् २००२ पछि उपाधि सम्भावना बनाएको सेनेगल भने निराश हुन पुग्यो ।

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

Success

Thank you for your time.