6 years ago
July 19, 2019
एजेन्सी – युवा डिफेन्डर म्याथिस डे लिग्टले डच क्लब आयाक्सबाट इटालियन क्लब युभेन्ट्स पुगेपछि क्लबले देखाएको विश्वासका कारण निर्णय लिन सहज भएको बताएका छन् ।
गत सिजन आयाक्सबाट उत्कृष्ट प्रदर्शन गरेपछि डी लिग्टलाई युरोपका शीर्ष क्लबले अनुबन्धन गर्न प्रतिस्पर्धा नै गरेका थिए । म्यानचेस्टर युनाइटेड, बार्सिलोना, पेरिस सेन्ट जर्मेन लगायत शीर्ष क्लबलाई पछि पार्दै युभेन्टसले ६७ मिलियन पाउण्डको मोटो रकम खर्चेर उनलाई अनुबन्ध गरेको हो । यसक्रममा डी लिग्ट क्लबमा रोनाल्डोपछि सर्वाधिक कमाउने खेलाडी पनि बने । उनलाई इटालियन क्लबको तुलनामा अन्य क्लबले धेरै तलबको प्रस्ताव राखेपनि उनले युभेन्टस नै रोजेको बताएका छन् ।
‘मैले युभेन्टस नै रोज्न सहज थिएन । मसँग धेरै विकल्प थियो र कुन सहि हो भन्ने निर्णय गर्न पनि कठिन । यसमा धेरै पक्षले फरक पार्थ्यो तर मेरो लागि मलाई क्लबले कति विश्वास गर्छ भन्ने महत्त्वपूर्ण थियो । मैले कति खेल्न पाउँछु र मेरो भूमिका के हुन्छ भन्ने युभेन्टसले प्रष्ट पार्यो,’ उनले सुनाए ।
‘ म मेरो बाल्यकालदेखि नै इटालीको डिफेन्सबाट प्रभावित थिएँ । मैले आदर्श मान्ने खेलाडी पाओलो माल्डिनी, फ्रान्को बारेसी, एलेसान्द्रो नेस्टा, फाबियो कानभारो लगायत इटालीमा खेलेर विश्वस्तरीय बने । त्यसैले एक डिफेन्डरको हिसाबले यहि उचित निर्णय हुन्छ भन्ने मलाई लाग्यो, ‘ १९ वर्षीय डे लिग्टले थपे ।
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]