default_image

6 years ago

July 19, 2019

‘एक कदम अगाडी बढ्ने लक्ष्य छ’ – फरवार्ड केन

92 views

0 Bookmark

सुबास हुमागाईं, सिंगापुर

गत सिजन च्याम्पियन्स लिग फाइनलमा टोटेनहम हट्स्पर प्रिमियर लिगकै अर्को टोली लिभरपुलसँग पराजित हुँदै पहिलो उपाधिबाट बन्चित भयो । उक्त खेलमा चोटबाट पुनरागमन गरेका फरवार्ड ह्यारी केनले पहिलो रोजाइमा मौका पाए, जुन निर्णय निकै आलोचित भयो । केनले उक्त निर्णयबारे आलोचना हुनु स्वभाविक रहेको बताएका छन् ।

फरवार्ड ह्यारी केन प्रशिक्षणका क्रममा (तस्बिर : सुबास हुमागाईं)

सिंगापुरमा शुक्रबार इन्टरनेशनल च्याम्पियन्स कपको पूर्वसन्ध्यामा बोल्दै केनले गत सिजनको फाइनलबारे आफ्नो धारणा व्यक्त गरे । ‘फाइनलमा खेल्ने निर्णय प्रशिक्षकको थियो । म शारीरिक रुपमा तयार थिएँ र मानिसक रुपमा पनि । यो हरेक खेलाडीको सपना हो र म त्यसमा सामेल हुन पाएँ । प्रशिक्षकको निर्णय अनुसार मैले प्रदर्शन भने गर्न सकिन । मैले त्यसपछि उक्त खेल दोहोर्याएर पनि हेरिन किनभने मलाई थाहा छ मैले अपेक्षा गरेअनुसार खेल्न सकिन,’ उनले भने ।

केनले खेल हारेपछि आलोचना हुनु स्वभाविक रहेको बताउँदै उक्त निर्णय सफल भएको भए प्रशंसा पनि हुने अभिव्यक्ति दिए । ‘ यो यस्तो निर्णय हो जहाँ प्रशिक्षकले स्याबासी अथवा गालि पाउने छन् । यदि मैले राम्रो खेलेको भए सबैले मलाई खेलाउनु उचित निर्णय भएको धारण राख्ने थिए । मैले खेल्न सकिन, त्यसैले आलोचना भयो,’ उनले थपे ।

फरवार्ड ह्यारी केन पत्रकार सम्मेलनमा बोल्दै (तस्बिर : सुबास हुमागाईं)

केनले अब सबै खेलाडीको ध्यान नयाँ सिजनतर्फ मोडिएको बताए । ‘ हामीले अघिल्लो सिजन जे भयो बिर्सेर अगाडि बढ्नुपर्छ । फाइनल खेलेको इतिहास भएको छ र सबैले सुरुवातदेखि मिहिनेत गर्नु जरुरि छ । प्रि सिजनमा आफूलाई उचित रुपमा तयार गरेर सफलता हासिल गर्ने लक्ष्य छ । अघिल्लो सिजन फाइनलमा रोकिएका थियौं अब एक कदम अगाडि जान चाहन्छौं,’ फरवार्ड केनले बताए ।

केनले पहिलो पटक सिंगापुरमा आउँदा रमाइलो महसुस भइरहेको बताए । ‘ म पहिलोपटक सिंगापुर आइरहेको छु । मेरो होटेलबाट पनि राम्रो दृश्य देख्न सकिन्छ । मैले यहाँबारे निकै राम्रो सुनेको थिएँ र अहिले खेल्न आएको छु । कुनैबेला घुम्न आउने सोचेको छु,’ उनले थपे ।

फरवार्ड ह्यारी केन (बीच) प्रशिक्षणका क्रममा (तस्बिर : सुबास हुमागाईं)

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

Success

Thank you for your time.