9 years ago
May 28, 2016
काठमाडौं – गत बर्ष नेपाललाई १२ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगबन्धु गोल्डकप उपाधि दिलाउन सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको नवयुग श्रेष्ठलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीले सम्मान गर्ने भएको छ ।
नवौं गणतन्त्रण दिवसको अवसरमा शनिबार घोषणा गरेका विभिन्न मानपदवीमध्ये नवयुगसहित अल्ट्रा धाविका मीरा राई, १२ औं सागकी उसुकी निमा घर्तिमगर र १७ औं एसिायली खेलकुदकी कास्य पदक विजेता करातेकी बिमला तामाङलाई प्रवल जनसेवा श्री मानपदवीलेसम्मान गर्ने भएको छ । नेपाली सेनाका नवयुगले एक महिनाको फरकमा तीनवटा ह्याट्रिक गरेका थिए । माघमा बंगलादेशमा भएको बंगबन्धुमा एक ह्याट्रिक गरेका उनले फागुनमा सम्पन्न १२ औं सागमा दुई पटक ह्याट्रिक गरेका थिए ।
सागको उसुमा नेपाललाई स्वर्ण पदक दिलाउने नीमा एक्लो खेलाडी हुनु । मीरा अल्ट्रा धाविकामा विश्व बरियतामा दोस्रो स्थानमा रहेकी छिन् । दुई बर्षअघि कोरियामा भएको एसियाली खेलकुदमा खेलकुदमा नेपालका पदक जित्ने विमला एक्लो खेलाडी हुन् । उनले करातेको एकल कातामा कास्य पदक जितेकी थिइन् ।
त्यस्तै १२औं सागमा पौडीका एक्लै एक रजत र तीन कास्यसहित ४ पदक जितेर कीर्तिमान बनाएकी गौरिका सिंहलाई जनसेवा श्री मानपदवीबाट सम्मानित गरिने भएको छ । सागमा भाग लिन बेलायतबाट भारत पुगेकी उनी सागसके लगत्तै उतै फर्केकी थिइन् ।
गणतन्त्र दिवसकै अवसरमा अन्य सात खेलाडी सुकीर्ति पदकबाट सम्मानित भएका छन् । जसमा दुई भलिबल र बाँकी फुटबलका छन् । भलिबलकी बिनिता बुढाथोकी र सरस्वती चौधरी, राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अनु लामा, राष्ट्रिय पुरुष फुटबलका टोलीका खेलाडीहरु रञ्जन विष्ट, आदित्य चौधरी, अमृत चौधरी र मानबहादुर लामाले उक्त सम्मान पाउने भएका छन् ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]